तेस्रो बिहे गरेर थुनामा परेपछि एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !
मङ्गलबार, २५ मङ्सिर २०७५, ०७ : ४६
नेपालगन्ज – बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ (५१) ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।
देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई तलाक दिएका हुन्।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खाँले तीनै जना श्रीमतीलाई सम्बन्धविच्छेद दिएको पुष्टि गरे।
‘दुई वटा पत्नी हुँदै तेस्रो बिहे गरेपछि ऊ एक दिन प्रहरी थुनामा पर्यो’, शाहले भने, ‘चौकीबाट छुटेर आएको अर्को दिन तीन वटै पत्नीलाई तलाक दिएको हो।’
खाँका जेठी र माइली पत्नीबाट ६र६ गरी १२ सन्तान छन्। उनले कार्तिकको दोस्रो साता आफूभन्दा आधा उमेरकी २२ वर्षीया भान्जी सिराजुन निशा जोलाहिनसँग प्रेमविवाह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा आज : नौ वर्षपछि घरेलु मैदानमा कोलकातालाई हराउने धुनमा बैंगलुरु
-
घान्द्रुकमा पर्यटन महोत्सव हुने, घोडा दौडाउने प्रतियोगिता
-
आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग
-
प्रदेश भागबन्डामा कुनै सहमति भएको छैन : प्रवक्ता सापकोटा
-
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार
-
कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयमै एमाले र माओवादीबिच मतभेद