मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारी विदेश घुमेको घुम्यै, दुई महिनामै नौ सयको भ्रमण

मङ्गलबार, २५ मङ्सिर २०७५, ०७ : ३३
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौं— सरकारले विदेश भ्रमणमा कडाई गरे पनि निजामति कर्मचारीले त्यसलाई लत्याउँदै विदेश भ्रमणलाई तीव्र बनाएका छन् । 

निर्देशन अवज्ञा गर्दै कर्मचारीको विदेश सयर बढेपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले विदेश भ्रमणमा जाने कर्मचारीको सुची संकलन गरेको हो । 

पछिल्लो दुई महिना असोज र कात्तिक म मात्र ९ सयभन्दा बढी कर्मचारी विदेश भ्रमणमा गएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । 

एकदुई दिनमै असोज र कात्तिकमा विदेश भ्रमण गर्ने कर्मचारीको अन्तिम सुची तयार पार्नेछौँ, स्रोतले भन्यो, पछिल्लो दुई महिनामा विदेश जानेको संख्या नौ सयभन्दा बढी देखिएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप