बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी हेडक्वार्टरले फाइनल गर्यो मन्त्रीको नाम

बुधबार, ११ साउन २०७४, १० : ५७
बुधबार, ११ साउन २०७४

काठमाडौं– नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । 
माओवादी केन्द्रको बुधबार बिहान बसेको हेडक्वार्टर बैठकले ६ मन्त्री र ५ राज्यमन्त्रीको नाम टुंगो लगाएको हो । 

माओवादी केन्द्रकी  प्रवक्ता पम्फा भुसालले शिवकुमार मण्डल (आपूर्ति) गिरीराजमणि पोखरेल (स्वास्थ्य), आशा खनाल, (कृषि वा बालबालिकामध्ये एक) सन्तकुमार चौधरी(पशुपन्क्षी), टेकबहादुर बस्नेत(सामान्य प्रशासन)  र महेन्द्र बहादुर शाही (ऊर्जा) को नाम बैठकले फाइनल गरेको रातोपाटीलाई जानकारी दिइन् । 
उनले शम्भु श्रेष्ठ, छमबहादुर गुरुङ, श्याम श्रेष्ठ, जाकिर हुसेन र रामसिंह यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको पनि जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप