बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बौद्वमा नक्कली सुन बिक्री वितरण गर्न खोज्दा दुईजना प्रहरी फन्दामा

सोमबार, २४ मङ्सिर २०७५, २० : ०७
सोमबार, २४ मङ्सिर २०७५

काठमाडौं । प्रहरीले दुई किलो नक्कली सुन ६६ लाख रुपैयाँमा बिक्री वितरण गर्न लागेको अवस्थामा दुईजनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो बौद्ध स्तुपास्थित केही व्यक्तिहरुले नक्कली सुनलाई सक्कली सुन भन्दै बेच्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । 

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक वलेफी घर भई हाल चावहिल वस्ने वर्ष २३ को लाल वहादुर लामा र सिन्धुपाल्चोक मेलम्ची घर भई चावहिल नै वस्ने वर्ष २२ को राजिव तामाङ रहेका छन् ।  

निज तामाङ यसभन्दा पहिला पनि नक्कली सुनलाई सक्कली भनि वेचविखन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा छुटेका थिए । 

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता तथा डीएसपी होविन्द्र बोगटीका अनुसार नक्कली सुनलाई सक्कली भन्दै ६६ लाख रुपैयाँमा बेच्ने उद्देश्यले ओसारपोसार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । 
 
गोप्य सूचना प्राप्त हुनासाथ तत्काल परिसरको विशेष टोली परिचालन गरि खोजतलास गर्ने क्रममा उनीहरुलाई बौद्द स्तुपा नजिकबाट पक्राउ गरिएको डीएसपी बोगटीले जानकारी दिए । 

पक्राउ परेका उनीहरुको साथबाट १÷१ किलोको विस्कुट आकारको २ थान सुन जस्तो देखिने नक्‍कली सुन बरामद गरिएको छ । उनीहरुलाई नियन्त्रण लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप