शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा टिप्पर चालकको मुत्यु

सोमबार, २४ मङ्सिर २०७५, १९ : ३४
सोमबार, २४ मङ्सिर २०७५

गोरखा । सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज टिप्पर दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । 

सामान अनलोड गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना हुँदा ना१क ६४७७ नंका टिप्पर चालक हेटौंडा उपमहानगरपालिका–१२ नेवार बस्ती घर भएका ३२ वर्षीय चालक वीरबहादुर स्याङत्याङको घटनास्थलमा नै मुत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालका अनुसार टिप्पर अनियन्त्रित भएपछि झ्यालबाट हाम्फालेर भाग्न खोज्दा सोही गाडीमा ठोक्किएर स्याङत्याङको मुत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप