शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पुरुषमा शुक्राणुको संख्या कम हुँदै : वैज्ञानिक भन्छन्, ‘मानव जाती लोप हुने खतरा’

बुधबार, ११ साउन २०७४, ११ : १०
बुधबार, ११ साउन २०७४

पल्लव घोष/बिबिसी

पुरुषहरुको वीर्यमा शुक्राणुहरुको संख्यामा अहिलेकै दरमा कमी आउने हो भने संसारबाट मानव जातीको लोप हुनसक्ने खतरा पैदा भएको शोधकर्ता वैज्ञानिकहरुले बताएका छन् ।

करिब २ सयभन्दा बढी अध्ययनको नतिजापछि यो चेतावनी दिइएको हो ।

शोधकर्ताहरुका अनुसार उत्तर अमेरिका, युरोप, अस्ट्रलिया र न्युजिल्याण्डका पुरुषहरुमा पछिल्ला ४० वर्षमा शुक्राणुहरुको संख्या घटेर आधा भएको छ ।

यद्यपि, मानवको प्रजनन प्रक्रियामा आएको यस रिपार्टमा केही विशेषज्ञहरुले सन्देश पनि व्यक्त गरेका छन् ।

शोधकर्ता टोलीको नेतृत्व गरिरहेका डाक्टर हगाई लेविनका अनुसार आफू अध्ययनको नतिजाबाट चिन्तित बनेको र आगामी समयमा खतरा भएको उल्लेख गरे ।

अध्ययनको विश्वसनीयता
शोधको नतिजाको मूल्यांकन मात्राको आधारमा यो अहिलेसम्मकै ठूलो अध्ययन हो । यो १९७३ देखि २०११ को बीचमा गरिएका १८५ वटा अध्ययनको नतिजालाई सामेल गरिएको छ ।

डाक्टर लेविन संक्रामक रोगका विशेषज्ञ हुन् । उनका अनुसार यो ट्रन्ड जारी रहे मानव जाती लोप हुन सक्नेछ ।

उनले भने, ‘यदी हामीले आफ्नो जिउने तरिका बदलेनौँ भने आउने भविष्यमा के हुने हो त्यसको चिन्ता छ ।’

यस अध्ययनसँग सम्बध नभएका वैज्ञानिकहरुले पनि अध्ययनको गुणस्तरको तारिफ गरेका छन् । यद्यपि, यो निश्कर्षमा पुग्न चाहीँ हतारो हुने उनीहरुको भनाई छ ।

डाक्टर लेविनको शोध उत्तरी अमेरिका, युरोप, अस्ट्रेलिया र न्युजिल्याण्डको पुरुषमा केन्द्रीत रहेको छ । जबकि दक्षिण अमेरिका, एसिया र अफ्रिकाका पुरुषहरुमा भने ठूलो गिरावट आएको भेटिएको छैन ।

शोधकर्ताहरुका अनुसार यी महादेशमा अहिलेसम्म यस मुद्दामा ठूलो खोजविन भएको छैन ।

डाक्टर लेविनका अनुसार यी महादेशमा पनि पुरुषहरु ढिलो–चाँडो यो समस्याबाट गुज्रिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप