शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको नयाँ शाखा योगीकुटीमा

सोमबार, २४ मङ्सिर २०७५, १८ : ४६
सोमबार, २४ मङ्सिर २०७५

काठमाडौं– सिद्घार्थ बैंकले मंसिर २४ गतेबाट रुपन्देहीको योगीकुटीमा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

यो शाखा मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकले अगामी दिनहरुमा पनि थप शाखाहरु विस्तार गर्दै नवीनतम र आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने योजना बनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप