शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ए डिभिजन फुटबल लिग: मनाङ–मस्र्याङ्दीद्वारा मछिन्द्र पराजित

सोमबार, २४ मङ्सिर २०७५, १८ : १८
सोमबार, २४ मङ्सिर २०७५

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले मछिन्द्र युथ क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले मछिन्द्रलाई १–० ले हराएको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको मनाङले दोस्रो हाफमा गोल गर्न सफल भयो । खेल सकिन पाँच मिनेट बाँकी छँदा ओलावाले अफिजले गोल गर्दै मनाङलाई महत्वपुर्ण तीन अंक दिलाए । भिक्टोरको पासमा डि बक्स भित्रबाट अफिजले प्रहार गरेको बलले पोस्टको जाली चुमेको थियो ।

खेलको २१ औ मिनेटमा मनाङले अग्रता लिने अवसर गुमायो । डोना थापाले मिलाएको पासमा अन्जन विष्टले प्रहार गरेको बल पोस्टको माथिबाट बाहिरिएको थियो । २९ औ मिनेटमा मछिन्द्रका अजित गुरुङको प्रहार मनाङका गोलकिपर बिशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए । ६१ औ मिनेटमा मनाङले पेनाल्टीको अवसर पाएको थियो । मनाङका अडिलाजालाई मछिन्द्रका डिफेन्डरले फल गरेपछि प्राप्त पेनाल्टीमा अन्जन विस्ट गोल गर्न चुके । उनले बाँया कर्नर च्याप्दै प्रहार गरेको बल मछिन्द्रका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।

५९ औ मिनेटमा डोना थापाको स्थानमा मुख्य स्ट्राईकर ओलावाले अफिजलाई मैदान छिराएर मनाङ आक्रमक बनेको थियो । जितसँगै मनाङ ७ खेलमा सतप्रतिशत जित निकाल्दै तालिकामा २१ अंक जोडेको छ । मछिन्द्र तीन अंकसहित तालिकाको पुछारदेखि दोस्रोमा छ । यस्तै आजनै भएको अर्को खेलमा विभागीय टिम आर्मीले ब्रिगेड ब्वाईज क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ब्रिगेडलाई १–० गोल अन्तरले हराएको हो । 

आर्मीको जितमा ६७ औ मिनेटमा टंक बस्नेतले विजयी गोल गरे । उनले टेकबहादुर बुढाथोकीको पासलाई सदुपयोग गर्दै हेडिङमार्फत गोल गरेका थिए । पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो । जितपछि आर्मीले ७ खेलबाट १७ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । ब्रिगेड ४ अंक सहित तालिकाको ११ आंै स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप