शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

७१ जना फरार अभियुक्त पक्राउ

सोमबार, २४ मङ्सिर २०७५, १६ : ५१
सोमबार, २४ मङ्सिर २०७५

जनकपुर–जिल्ला प्रहरी कार्यालय धनुषाले साढे चार महिनाको अवधिमा विभिन्न अपराधमा संलग्न रहेका ७१ जना फरार अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । 

गत साउनदेखि मंसिर २० गतेसम्ममा विभिन्न आपराधिक घटनाका ६० अभियुक्त र अदालतबाट दोषी ठहर भई फरार रहेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । 

अपराध गरेर फरार रहेकालाई कारबाहीको दायरामा नल्याइए आमजनतामा कानुनी राज्यको अनुभूति हुन नपाउने भन्दै थपलिपयाले भने– प्रहरीमाथि विश्वास घट्न सक्छ । त्यही भएर फरार अपराधी पक्राउ गर्न तीव्र रूपमा अभियान चलाइरहेका छौँ ।

यसैबीच जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ बस्ने रामविलास यादवको हत्या आरोपमा फरार रहेका शिवजी साह पक्राउ परेका छन् । ०६३ जेठ ८ गते यादवको हत्या भएको थियो । हत्या अरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले शिवजी साह, फेकन साह र रामजी साह विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी लगत्तै उनीहरू फरार थिए । तर, त्यसको १० वर्षपछि प्रहरीले बेलौनी स्थित घरबाटै शिवजीलाई पक्राउ गर्न सफल भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप