बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहपञ्चमीमा दुई दिन बिदा दिने उपमहानगरपालिकाको निर्णय

सोमबार, २४ मङ्सिर २०७५, १६ : ४६
सोमबार, २४ मङ्सिर २०७५

जनकपुर–राम–सीता विवाहपञ्चमी महोत्सवमा स्थानीय सरकारले दुई दिन विदा दिन बिदा दिने निर्णय गरेकोे छ ।

जनकपुरधाम उप–महानगरपालिकाले विवाह पञ्चमीलाई भव्यतापूर्वक मनाउन भन्दै दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको हो । 
जसअनुसार मंसिर २५ र २६ गते जनकपुरधाम नगर भित्रको सम्पूर्ण सामुदायिक विद्यालयको पठन पाठन बन्द हुनेछ । 

विवाहपञ्चमी महोत्सवमा लाखौँ श्रद्धालु भक्तजनको सहभागिता हुने अनुमान गर्दै उपमहानगरपालिकाले श्रद्धालुभक्तजनको लागि बासस्थलको रुपमा विद्यालय उपलब्ध गराइदिन पनि आग्रह गरेको छ । 

साथै विद्यालयलाई आवश्यकता अनुसार आगन्तुक श्रद्धालु भक्तजनलाई बास उपलब्ध गराई विद्यालयको  भवन प्रयोग गर्न दिन आग्रह समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप