बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवतीको हेलिकप्टरमा उद्धार

सोमबार, २४ मङ्सिर २०७५, १६ : २६
सोमबार, २४ मङ्सिर २०७५

जाजरकोट– सुत्केरी हुन नसकेर गर्भमै बच्चाको मृत्यु भएपछि एक महिलाको जीवन बचाउन हेलिकप्टरमा उद्धार गरिएको छ ।  बारेकोट गाउँपालिका–२ रोकायगाउँकी ४२ वर्षीया मैसरी थापाको आज दिउँसो उद्धार गरिएको हो । लिम्सास्थित स्वास्थ्य चौकीले सुत्केरी हुने मिति मङ्सिर ८ गते तोकेको थियो । तोकेको मितिमा बच्चा नजन्मेपछि मङ्सिर २३ गते लिम्लास्थित स्वास्थ्य चौकीमा ल्याएर जाँच गर्दा बच्चा पेटमै मृत्यु भएको पाइएको थियो । 

गर्भमै बच्चाको मृत्यु भएपछि थापाको जीवन बचाउनका लागि बारेकोट गाउँपालिकाको समन्वय र घरआँगन संस्थाको आर्थिक सहयोगमा उनलाई हेलिकप्टरमा लिम्साबाट पोखराको मनिपाल अस्पताल भर्ना गरिएको संस्थाका दीपक सिलवालले जानकारी दिए । थापा पाँचौँ पटक सुत्केरी हुँदै थिइन् । दुई चिकित्सकको दरबन्दी भएपनि लिम्सा स्वास्थ्य चौकी अहिले चिकित्सकबिहीन छ । चिकित्सक नहुँदा उपचारका लागि यहाँका बासिन्दा अन्यत्र जानुपरेको स्थानीयवासी कालीप्रसाद थापाले बताए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप