बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

१६ दिने अभियानकै क्रममा ५ नम्बर प्रदेशमा भए यस्ता घटना

सोमबार, २४ मङ्सिर २०७५, १५ : ५०
सोमबार, २४ मङ्सिर २०७५

बुटवल–

घटना नम्बर १ 
रुपन्देहीको देवदह नगरपालिका खरैनीमा शुक्रबार साँझ घरमा केही नभएको बेला ७ वर्षीया बालिकालाई स्थानीय युवाले घर भन्दा परको झुपडीमा लगेर वलात्कार गरेको प्रहरीको भनाई छ  ।

 घटना नम्बर २
मंसिर २१ गते अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका वार्ड नम्बर १३ मा स्कुलबाट फकर्दै गर्दा ५ वर्षीया बालिकालाई स्थानीय ४० वर्षीय राजु भन्ने देवबहादुर सुनाखसरीले बलात्कार गरे । 

विद्यालयबाट बालिका समयमा घर नआएपछि खोज्दै जाँदा छोरी बलात्कारको शिकार भएर रुदै बसेको अवस्था बुवाले भेटाएका थिए ।

 जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवराज मल्लले ४० वर्षीय देव बहादुरले गल्ती गरेको स्वीकार गरेको बताए। उनले बच्चीको उपचार र दोषीलाई कारवाहीको प्रक्रिया चलिहरेको बताए । बालिका शिशु कक्षामा अध्ययन गर्ने हुन् ।

 घटना नम्बर ३ 
कपिलवस्तुमा जिल्लाको शिवराज नगरपालिका वार्ड ६ को देवप्रताव माविमा मंसिर २३ शुक्रबार लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको जनचेतनामूलक कार्यक्रम भइरहँदा थियो । 

विद्यालय भन्दा ८ मिटरको दुरीमा एक युवाले आफ्नी भाउजूलाई घरायसी झगडाका क्रममा चिर्पटो प्रहार गरी गम्भीर घाइते बनाए । शिवराज नगरपालिका–६ का २६ वर्षीय अलि अहमतले २६ वर्षीया भाउजु नजिमा खातुनलाई चिर्पट प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

स्थानीय अस्पतालमा उपचार हुन नसकी घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी रवि रावलले जानकारी दिए । भाउजू कुट्ने देवरलाई पक्राउ गरिएको उनले बताए ।

 ५ नम्बर प्रदेशको राजधानी बुटवलका ठुला होटलमा महिला हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा गोष्ठी चलिरहदा बुटवल भन्दा १२ किलो मिटरको टाढाको देववदहकी बालिका बलात्कारको शिकार भएकी थिइन् ।  

बुटवल ठूला भनिएका होटलहरु मंसिर ९ गतेदेखि यस्ता गोष्ठी निकै चलेका छन् । 

अभियान ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले होटल मेरी गोल्डबाट नै महिला हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप