बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायत पुनः युरोपेली युनियनमा आबद्ध हुन सक्दछ : युरोपेली अदालत

सोमबार, २४ मङ्सिर २०७५, १५ : १३
सोमबार, २४ मङ्सिर २०७५

ब्रसेल्स– युरोपेली युनियनको एक उच्च अदालतले बेलायतले युरोपेली युनियनबाट बहिर्गमन (ब्रेक्जिट) को निर्णयमा पुनर्विचार गर्न र युनियनमा पूर्ववत रुपमा रहन सक्ने फैसला गरेको छ । उक्त आदेशसँगै युरोपेली युनियनमा रहन चाहने मानिसलाई बहसका निम्ति एउटा राहत दिएको छ । 

युरोपेली न्यायिक अदालतले सोमबार दिएको आदेशमा कुनै सदस्य राष्ट्रले बहिर्गमनको आदेशलाई अर्को सूचना दिएर पुनः युरोपेली युनियनमा आबद्ध हुन सक्ने उल्लेख छ । 

बेलायतमा सन् २०१६ मा भएको जनमतसङ्ग्रहमा युरोपेली युनियनको सदस्यता त्याग्ने पक्षमा झिनो बहुमत प्राप्त भएको थियो । बेलायतले मार्च २०१७ मा लिस्बन सन्धिको धारा ५० बमोजिम २८ मुलुक सदस्य रहेको युरोपेली युनियनबाट बाहिरिने निर्णयसम्बन्धी लिखित सूचना युनियनसमक्ष दिएको थियो । 

स्कटल्यान्डका केही सांसदहरुले बेलायतको बहिर्गमनका विषयमा पुनर्विचार गर्नेगरी युरोपेली न्यायिक अदालतमा अनुरोध गरेका थिए । –एपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप