शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट प्रिमियर लिग : काठमाडौं किंग्सको विजयी सुरुवात

सोमबार, २४ मङ्सिर २०७५, १३ : ५८
सोमबार, २४ मङ्सिर २०७५

काठमाडौं–काठमाडौं किंग्स–११ ले तेस्रो टिभीएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ । कीर्तिपुर स्थित टियु मैदानमा सोमबार भएको पहिलो खेलमा काठमाडौंले चितवन टाइसर्गलाई ६ विकेटले हरायो ।

चितवनले प्रस्तुत गरेको एक सय ६१ रनको लक्ष्य काठमाडौँले १८.५ ओभरमा चार  विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । चितवनको यो लगातार दोस्रो हार हो । काठमाडौंको जितमा भारतीय खेलाडी सुब्रामियन आनन्दले ४३ रन बनाए । सागर पुनले ३९, नरेश बुढाएरले २२, अमर सिंह रौटेलाले अविजित २१ रन र अमित श्रेष्ठले १८ रन जोडे । बलिङमा चितवनका साहब आलमले दुई विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय ६० रन बनाएको थियो । चितवनका लागि दिपेन्द्र सिंहऐरीले सर्वाधिक ४५ रन बनाए । पल स्टर्लिङले ३४, सन्दीप सुनारले २५ र पृथु बास्कोटाले अविजित २० रन बनाएका थिए । बलिङमा काठमाडौंका संसद सेख र प्रदीप साहुले समान तीनतीन विकेट लिए । चितवन पहिलो खेलमा  ललितपुर प्याट्रियट्ससँग ११ रनले पराजित भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप