शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग फुटबल : आर्मी चौथो स्थानमा उक्लियो

सोमबार, २४ मङ्सिर २०७५, १३ : ३४
सोमबार, २४ मङ्सिर २०७५

काठमाडौं– टंक बस्नेतले ६६ औं मिनेटमा एक मात्र गोल गरेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लब पल्सर सहिद स्मारक ए डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ ।

सातदोवाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा आर्मीले ब्रिगेड ब्वाईज क्लबलाई १–० गोलले हरायो ।

आर्मीको कठिन जितमा टंकले टेकबहादुर बुढाथोकीको पासमा हेड गोल गरेका थिए । पहिलो हाफमा ब्रिगेडको नियन्त्रणमा रहेको आर्मीले खासै गोल गर्ने अवसर बनाउन सकेन ।

ब्रिगेडले खेलको अन्तिमसम्म गोल फर्काउने प्रयास गरेपनि सफल भएन । बराबरीसँगै सात खेलबाट १७ अंक बनाएको आर्मी चौथो स्थानमा छ । ४ अंक बनाएको ब्रिगेड ११ औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप