बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नबिल बैंकका कार्ड प्रयोगकर्तालाई दिर्घायु गुरु अस्पतालमा १२ प्रतिशतसम्मको छुट

सोमबार, २४ मङ्सिर २०७५, १२ : ५८
सोमबार, २४ मङ्सिर २०७५

काठमाडौं –नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दिर्घायु गुरु अस्पतालमा विशेष छुट र सुविधा पाउने भएका छन् । नबिल बैंक र दिर्घायु गुरु अस्पतालबीच विशेष छुट र सुविधा सम्वन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता बमोजिम दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बहिरङ्ग बुक, डाक्टर बहिरङ्ग शुल्क, चिकित्सकिय सामाग्री, बाह्य प्रयोगशाला परीक्षण, खोप, आईसियू प्रक्रियाहरू र आईभीएफ बाहेक सामान्य अस्पताल शुल्कहरुमा १२∞ को विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ । 

दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रले नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई छिटो चिकित्शा सेवाहरु प्रदान गर्न तत्पर रहने पनि सम्झौतामा जनाइएको छ । साथै आपतकालिन अवस्था परेको समयमा अस्पतालले बैंकलाई सूचीबद्घ शुल्कमा एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने व्यवस्था गरिएको छ । 

नबिल बैंक लिमिटेडका प्रमुख खुद्रा बैंकिङ्ग निरज शर्माले भने, “ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रसंगको सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने हामीलाई विश्वास छ ।” 

दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सुरज बलाया श्रेष्ठले भने, “नेपाली नागरिकहरुलाई अधिक सेवा पुर्याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउँदा हामीलाई धेरै खुशि लागेको छ र यो सम्झौताले सेवामा हामि थप एक कदम अगाडी बढेको विश्वास गर्दछौं ।” 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप