बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१२ वर्षीय बालक मृत अवस्थामा फेला

सोमबार, २४ मङ्सिर २०७५, १२ : ५४
सोमबार, २४ मङ्सिर २०७५

कञ्चनपुर– कञ्चनपुर कृष्णपुर नगरपालिका– ४ अत्तरिया टोलमा आज एक बालक मृत अवस्थामा फेला परेका छन् ।  स्थानीबासी खड्क बमका करिब १२ वर्षीय छोरा विवेक मृत अवस्थामा फेला परेको हो ।

बालक बमको शव घर भन्दा १२० मिटर टाढा छिमेकी जयबहादुर महताको गोठमा फेला परेको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरतबहादुर धामीले जानकारी दिए । 

विवेकको कानबाट रगत बगेको, औंलामा चोट लागेको र पिँठ्युमा निलडाम भएको शव फेला परेको छ, उनले भने, ‘शव शङ्कास्पद फेला परेकाले अनुसन्धानको कार्य भइरहेको छ ।’ 

बालकको आफैं मृत्यु भएको वा कसैले हत्या गरेको बारे अनुसन्धान भइरहेको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप