शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनजाति महासंघ युएईको अधिवेशन हुँदै : अध्यक्षमा पासाङको जित निश्चित

बुधबार, ११ साउन २०७४, १० : ०१
बुधबार, ११ साउन २०७४

-लक्ष्मण खनाल

युएई - आउने शुक्रबार (२८ जुलाई ) मा हुने नेपाल आदिवासी जनजाति महासंघ युएईको छैटौ अधिवेशनको उमेदवारी दर्ता समय सकिएको निर्वाचन समितिले बताएको छ ।

समितिका संयोजक राजु गुरुङ्गका अनुसार उमेदवारी फिर्ताको समय पनि सकिएको छ । समितिले आजै अन्तिम नामावली प्रकाशन गरेका छन् । जसअनुसार अध्यक्षमा पासाङ रेन्जी शेर्पा, बरिष्ठ उपाध्यक्षमा सुरेन्द्र थिङ, उपाध्यक्षमा सरोज पहाङगो लिम्बु, उपाध्यक्षमा विजय लक्ष्मी राई, महासचिवमा सनिल घिसिङ, सचिव कुमार बलामी, कोषाध्यक्षमा नरबहादुर सुनुवार, सह कोषाध्यक्षमा तुल बहादुर घर्ती, महिला प्रमुखमा मनकुमारी सुनुवार रहेका छन । 

सदस्यहरुमा क्रमशः निमा शेर्पा, धन कृष्ण राई, महेश भुजेल, अशोक रम्जाली मगर, अर्जुन श्रेष्ठ(नगेन्द्र) कुरुम्बाङ लिम्बु, धर्मराज महतो, शिला राना मागर र शुक्र माझी छन । निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावली अनुसार कुनै पनि पदमा प्रतिस्र्पधा नरहेको र सबै उमेदवार निर्विरोध हुुने भएका छन । यस अनुसार अध्यक्षमा पासाङ रेन्जी शेर्पाको जित पक्कापक्की जस्तै भएको छ । उनी शेर्पा किदुग युएईका निवर्तमान अध्यक्ष हुन् ।

अधिवेशन सम्पन्न भए पछि नयाँ कार्यसमितिको घोषणा भने २३ औ अन्र्तराष्ट्रिय विश्व आदिवासी दिवसको अवसर पारेर ११ अगस्टमा गरिने संयोजक गुरुङले जानकारी दिए । 

नेपाल आदिवासी जनजाति महासंघ युएईमा गुरुङ्ग, तामाङ, मगर, लिम्बु, राई, नेवार, शेर्पा, थारु, माझी, भुजेल, सुनुवार गरी ११ जातजातिका संस्थाहरु आवद्ध रहेका छन ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप