बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुकेश अम्बानीले भने, ‘हामी केटी पट्टीका, कुनै कमी भए सहिदिनुहोला’ सम्धी भन्छन्, ‘हामी परम्परा बदल्न चाहन्छौं’

सोमबार, २४ मङ्सिर २०७५, १२ : २८
सोमबार, २४ मङ्सिर २०७५

भारतका सबैभन्दा ठूला औद्योगिक घरानाका प्रमुख मुकेश अम्बानी यतिबेला भावुक छन् । ईशाको विवाहको उदयपुरमा चलिरहेको विवाह अघिका कार्यक्रममा उनी पाहुनाको स्वागत सत्कारमा व्यस्त देखिए । छोरीको विवाहमा मुकेशले आफ्नो भाषणमा आफू केटी पट्टी भएको भन्दै केही कमी भए त्यो सहिदिन आग्रह गरेका छन् । यस्तै उनका सम्धी अजय पिरामलले आफू यस्तो परम्परा बदल्न चाहने बताएका छन् ।

भाषणमा यस्तो भन्छन् दुई पिताः

मुकेश अम्बानीले भने, ‘छोरीको विवाह हो’

‘देश विदेशबाट आएका पाहुनालाई हामी स्वागत गर्छौं । आइतबारबाहेक बुधबार पनि हामी विवाहमा व्यस्त रहनेछौं । म मेरा सबै साथी, पाहुनासँग भन्न चाहन्छु कि केही कमी भए थोरै सहिदिनुहोस्, आखिर हामी केटी पट्टीका हौं । छोरीको विवाह हो ।’

‘मेरा अन्तर्राष्ट्रिय साथीहरु जो लामो यात्रा गरेर विवाहमा समावेश हुन आउनुभएको छ, यहाँ आउनुभएकोमा म उहाँहरुलाई  मनैदेखि धन्यवाद दिन चाहन्छु । आउनुहोस्, आज म तपाईंलाई एउटा कहानी सुनाउँछु । मेरा जुम्ल्याहा सन्तान छन् । आकाश र ईशा । छोरा आकाशको हिरो त सुपरम्यान–ब्याटम्यान हुन् । बाल्यकालमा उसलाई लाग्थ्यो कि उनकी आमा पनि उनीहरुजस्तै हुन् । तर छोरी ईशाको हिरो भने थुप्रै वर्षदेखि एउटै व्यक्ति छिन् र ती हुन् हिलारी क्लिंटन, जो आज हामीसँग हुनुहुन्छ ।’

‘हिलारीलाई म मनदेखि नै धन्यवाद दिन चाहन्छु । क्लिंटन तपाईं मेरी छोरी ईशाकी सुपर हिरो हुनुहुन्छ । ईशामात्रै होइन, तपाईं हामी सबैको सुपर हिरो हुनुहुन्छ । बिल क्लिंटन र हिलेरीसँगको मेरो दोस्ती दुई दशक पुरानो हो । हिलेरी, तपाईंको उपस्थिती हाम्रो सौभाग्य हो । तपाईं ईशा र आनन्दलाई आफ्नो आशीर्वाद दिनुहोस् ।’

‘दुई दशक पुराना मेरा साथी साउदी अरबका खालिदलाई पनि धन्यवाद । खालिद साउनी अरबका तेलमन्त्री हुन् । उहाँहरुबाहेक यहाँ मेरा अन्य थुप्रै साथी र पाहुना हुनुहुन्छ जसको नाम म लिन सक्दिनँ । म सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’

अजय पिरामलः यो परम्परालाई परिवर्तन गर्न चाहन्थें

‘नमस्ते ! नमस्ते हेला हायजस्तो शुभकामना मात्र होइन  । यसको निकै गहिरो अर्थ छ । नमस्ने दुई शब्दबाट बनेको छ । न को अर्थ 'नो' र म को अर्थ 'मि' । नमस्तेको पूरा अर्थ 'नट फर मि बट फर यु' । अर्थात्, यो तपाईंहरुलाई माया गर्नु, केयर गर्नु र सत्कार गर्नु हो । यो कार्यक्रमको सार पनि यही हो ।’

‘जस्तो कि मुकेशले भनेका छन् कि ‘हामी केटी पट्टीका हौं । वर्षौंदेखि दुलहाको परिवार, साथी आउने परम्परा छ र स्वागत सत्कारको पूरा व्यवस्था केटी पट्टीको तर्फबाट गरिन्छ ।’

‘हामीले यसलाई परिवर्तन गर्ने कोसिस गर्यौं र मुकेशलाई हामी पनि केही गर्न चाहन्छौं भनेर आग्रह पनि गर्यौं । तर तपाईंलाई त थाहा छ सबैभन्दा सफल व्यापारी को हुन् । मुकेशले मलाई यसको अवसर नै दिएनन् । यहाँको स्वागत सत्कारका लागि सबैले मलाई बधाई दिइरहेका छन् तर यो सबै व्यवस्था निता–मुकेश र उनको समूहले गरेका हुन् । यसका लागि आभारी छु ।’

‘कार्यक्रमको सुरुवात विशेष नृत्यबाट गर्न ठिक होला । म यसका लागि नितालाई आमन्त्रित गर्न चाहन्छु । निताले १५ वर्ष नृत्य सिक्न बिताएकी छिन् । उनको डान्ससँग कृष्णको आराधना गर्नु विशेष हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप