शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाविरुद्धको टेस्टमा भारत विजयी

सोमबार, २४ मङ्सिर २०७५, १२ : २१
सोमबार, २४ मङ्सिर २०७५

एजेन्सी–अष्ट्रेलियाविरुद्वको पहिलो टेस्ट क्रिकेट भारत विजयी भएको छ । सोमबार भारतले अष्ट्रेलियालाई दुई सय ९१ रनमा अलआउट गर्दै ३१ रनले हरायो । 
भारतले १० बर्षपछि अष्ट्रेलियालाई उसको मैदानमा हराएको हो । यस जितसँगै भारतले अष्ट्रेलियाविरुद्धको चार खेलको टेस्ट सिरिजमा १–० को अग्रता लिएको छ ।

एडिलेडमा भएको खेलमा तीन सय २३ रनको लक्ष्य पछ्याएको घरेलु टोली पाँचौ दिन दुई सय ९१ रनमा अलआउट भएको थियो । अष्ट्रेलियाले एक सय चार रनमा चार विकेटको क्ष्ाितमा पाँचौ दिनको खेल सुरु गरेको थियो ।

भारतले पहिलो पालीमा दुई सय ५० रन बनाएको थियो । जवाफमा अष्ट्रेलियाले दुई सय ३५ रन बनाएको थियो ।

 दोस्रो पालीमा भारतले तीन सय सात रन बनायो । पहिलो पालीमा १५ रन बढि पाएको भारतले अष्ट्रेलियाासामु ३ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

अन्तिम दिन अष्ट्रेलियाले दोस्रो पालीमा आठ विकेटको क्षतिमा दुई सय ५४ रन बनाएको थियो । 

अन्तिम दिन अष्ट्रेलियाका शान मार्सले ६०, कप्तान टिम पेनले ४१, मिचेल स्टार्कले २८ र ट्रेविस हेडले १४ रन बनाए । बलिङमा भारतका जसप्रित बुम्राहा, रविचन्द्रन आश्विन र मोहमद सामीले तीनतीन विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप