शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘मिसेस ब्यूटी क्वीन नेपाल २०१८’ को आवेदन खुल्ला

सोमबार, २४ मङ्सिर २०७५, ११ : ३९
सोमबार, २४ मङ्सिर २०७५

काठमाडौं – ‘मिसेस ब्यूटी क्वीन नेपाल २०१८’को आवेदन खुल्ला गरेको छ । 

महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर ,नेतृत्वदायी क्षमताको विकास, सामाजिक तथा राजनैतिक ज्ञान सिपको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार शसत्त महिलाको रुपमा अगाडि वढाउन प्रतियोगीता आयोजना गर्न लागेको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले बताए ।

विगत दश वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो दोस्रो चरणको संस्करणको लागि उपत्यकावाट र उपत्यका वाहीर वाट जम्मा ३० प्रतियोगी समावेश गराइने जानकारी दिए साथै उक्त प्रतियोगीताको लागि फारम पनि खुल्ला भइसकेको वन्तले यसै विज्ञप्ती मार्फत जानकारी गराए ।

मंसिर २९ गते शनिबार सिडव्लु पाटी प्यालेस कमलादीमा प्रतियोगतिाको पहिलो अडिसन आयोजना हुँदैछ ।

शारारिक फिटनेश ,जुम्वा ,एरोविक्स, सेल्फ डिफेनस,सेल्फ मेकअप, फोटो सेसन ,व्यक्तित्व विकास ,नेतृन्व विकास, वाक कला,क्याटवाक सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल वाल आश्रम, वृद्धा आश्रम आदि  मिडिया भिजिट , कल्चरल भिजीट र हस्पीटालीटी सम्वन्धि जानकारी तथा तालिम प्रदान पनि गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने अन्तराष्ट्रिय कोरियोग्राफर रोजीन शाक्यले प्रशिक्षण प्रदान गर्ने छन् । 

 प्रतियोगिताका विजेताले शिर्ष उपाधिका साथमा १ लाख ८३ हजार वरावरको सुजुकी स्कुटर, लेटमिइनको तर्फवाट रु ५० हजार वरावरको गिफ्ट भौचर र ५ दिने दुवाई भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु जित्ने छन् । 

फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमश स्माट मोवाइल फोन लेटमिइनको तर्फवाट रु ३० हजार वरावरको गिफ्ट भौचर,साथै विभिन्न उपहारहरु प्राप्त गर्ने छन्, भने ५ दिने दुवई भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप