शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो देखियो अनमोलको ‘क्याप्टेन’

सोमबार, २४ मङ्सिर २०७५, ११ : ३४
सोमबार, २४ मङ्सिर २०७५

काठमाडौं – अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को फष्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मका दुई पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । 

पोस्टरमा अनमोललाई फुटवलरको रुपमा प्रस्तुत गरिएको छ । एक पेष्टरमा अनमोल एक्लै देखिएका छन्, भने अर्काेमा उनिसँग सुनिल थापा र प्रशान्त ताम्राकार अटाएका छन् । 

१७ फागुन रिलिज मिति तोकिएको फिल्ममा अनमोलसँगै सरोज खनाल, विल्सन विक्रम राइ, सुर्यमला खनाल, बुद्धि तामाङ , अमित श्रेष्ठ लगायतको अभिनय छ ।

अभिनेत्रीको रुपमा भने यसै फिल्म मार्फत उपासना सिंह ठकुरी र प्रियंका एम भीले डेब्यु गरेका छन् । 

फुटवलरको कथामा बनेको फिल्ममा भुवन केसीले निर्माण गरेका हुन्, भने यसलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् ।

सामिप्यराज तिमिल्सेनाको कथा, सुदिप बरालको छायाँकन , कविराज गहतराजको नृत्य निर्देशन, अर्जुन पोखरेलको संगीत , दिर्घ खड्काको सम्पदान चलचित्रमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप