बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

क्लब फिफ्टी नेपालको १२औं वार्षिक साधारणसभा सम्पन्न

सोमबार, २४ मङ्सिर २०७५, ११ : ३१
सोमबार, २४ मङ्सिर २०७५

काठमाडौं क्लब फिफ्टी नेपालले  आफ्नो १२औं वार्षिक साधारणसभा तथा क्लबको स्मारिका ‘अभियान’ को लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ ।
मंसिर २१ गते कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल ‘बलदेब’ को प्रमुख आतिथ्यमा  साधारणसभा सम्पन्न गरिएको हो । 

कार्यक्रममा मन्त्री खनालले संस्थाको हालसम्मका गतिविधि र उद्देश्य देखेर आफूलाई खुशी लागेको र भविष्यमा अरु प्रगती गर्दै जाने कुरामा विश्वस्त रहेको बताए । 

यस्तै संस्थापक अध्यक्ष के. पी. मास्केले  क्लबले दृष्टि विहिनको सहयोगार्थ चलचित्र प्रदर्शन, आवश्यक सेवा पुग्न नसकेका स्थानमा निःशुल्क स्वास्थ्य शिविर संचालन, औषधि हस्तान्तरण, समय समयमा वृक्षारोपण गर्नुका साथै विभिन्न विषयमा प्रवचनलगायतका कार्यक्रम गर्दै आएको जानकारी दिए । 

 त्यसैगरी, संस्थाका निवर्तमान अध्यक्ष दीपक मलहोत्राले आनन्दित जीवन जिउनको लागि बेलामौकामा साथीभाइ जम्मा भएर उत्प्रेरात्मक कार्यहरुबाट यो संस्थाको शुरुवात भएपनि कालान्तरमा धेरै सामाजिक सेवा समेत गर्न सकेकोमा खुशी लागेको बताए । 
 आगामी दिनहरुमा पनि संस्थाद्वारा नै अक्षयकोष स्थापना गरी धेरै क्षेत्रमा सामाजिक सेवा गर्न सक्ने अपेक्षा लिएको उनले बताए । 

यस्तै स्वतन्त्र लेखक एवं सामाजिक अभियन्ता डा नम्रता पाण्डेले स्मारिका पठनीय भएको धारणा राखिन् । 

 संस्थाको वार्षिक साधारणसभा समेत रहेकोले संस्थाका कोषाध्यक्ष युवराज श्रेष्ठले संस्थाको आर्थिक पारदर्शितालाई प्रस्तुत गरे भने संस्थाका महासचिव पदम प्रसाद काफ्ले संस्थाको आगामी कार्यक्रमबारे प्रस्तुत गरेका थिए । 

 कार्यक्रमलाई समापन गर्दै संस्थाका वर्तमान अध्यक्ष दमन बस्नेतले संस्था बिभिन्न गतिविधिहरुका साथ अगाडी बढिरहेको जानकारी दिए । 
आफ्नो कार्यकालमा संस्थाको अक्षयकोष वृद्दी गराई बहुआयामिक क्षेत्रमा समाजसेवा गर्ने प्रतिबद्दता पनि उनले जनाए । 

कार्यक्रममा मन्त्री खनाल,  संस्थाका अध्यक्ष बस्नेत र पूर्व अध्यक्षहरुले संयुक्तरुपमा वार्षिक स्मारिकाको ११ औं अंक “अभियान”को लोकार्पणगरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप