मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशको प्रदेशसभाको बैठक अनिश्चित

सोमबार, २४ मङ्सिर २०७५, १० : ५३
सोमबार, २४ मङ्सिर २०७५

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले छलफलका लागि विधेयकको प्रस्ताव दर्ता गराउनमा गरेको ढिलाइका कारण प्रदेशसभाको तेस्रो अधिवेशन (हिँउदे अधिवेशन) अनिश्चित बनेको छ । 

सरकारले प्रदेशसभा सचिवालयमा अहिलेसम्म कुनै प्रस्ताव दर्ता नगरेको कारण हिउँदे अधिवेशन कहिले बस्ने भन्ने टुङ्गो लाग्न नसकेको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताए । 

 संविधानबमोजिम एक अधिवेशन अन्त्य भएको मितिले छ महीनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने प्रावधान रहेको छ । सुदूरपश्चिम प्रदेशसभाको गएको असोज २३ मा वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।

 प्रदेशसभाले सरकारको कार्य सञ्चालनसम्बन्धी कतिपय ऐन पारित गरिसकेको भए पनि जनतासँग सरोकार राख्ने ऐन भने अझै बनाउन सकेको छैन । वन तथा वातावरण, पर्यटन, उद्योग, प्राकृतिक स्रोत, योजना आयोग लगायत महत्वपूर्ण क्षेत्रका ऐन अझै बन्न बाँकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप