शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलको गोलमा जोगियो रियल

सोमबार, २४ मङ्सिर २०७५, ०८ : १९
सोमबार, २४ मङ्सिर २०७५

एजेन्सी – ग्यारेथ बेलले एकमात्र गोल गरेपछि स्पेनिस पावर हाउस रियल म्याड्रिडले ला लिगामा कठिन जित हात पारेको छ । आइतबार राती भएको खेलमा रियलले तालिकाको अन्तिममा रहेको हुएस्कालाई १–० गोलले हरायो । 

हुएस्काको घरेलु मैदानमा खेलिएको खेलमा बेलले आठौं मिनेटमा गरेको गोलनै रियलका लागि प्रयाप्त बनेको थियो । बेलले एकल प्रयासमा गोल गरेका थिए । प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डोले रियल छाड्दै युभेन्ट्स रोजेपछि यससिजन रियल ददावमा देखिएको छ । रोनाल्डोको स्थान लिने विश्वास गरिएका बेलले १०औं खेलमा आएर ब्यक्तिगत गोलको खडेरी तोडेका थिए । 

रियलले कमजोर टोली हुएस्कालाई हराउन पनि निकै संघर्ष गर्नु परेको थियो । खेलमा हुएस्काले दोस्रो हाफमा लगातार गोल गर्ने अवसर प्राप्त गरेको थियो । दोस्रो हाफमा रियलले दुईवटा मौका खेर फालेको थियो । 

रियलको अग्रपंक्ति सम्हालिरहेका करीम बेन्जेमाले खासै जम्न सकेनन् । जितसँगै १५ खेलबाट २६ अंक बनाएको रियल तालिकाको पाँचौं स्थानमा छ । सात अंक बनाएको हुएस्का अन्तिममा छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३१ अंक छ । समान २८ अंक जोडेका सेभिल्ला र एट्लेटिको क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 

आइतबार रातीनै भएको अन्य खेलमा रियल भालाडोलिडले रियल सोसिएडाडलाई २–१ र रियल बेटिसले रायोभालेकानोलाई २–० गोलले हरायो । इबर र लिभान्तेले ४–४ गोलको बराबरी खेल्दै अंक बाँडे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप