बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मला हत्या प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन

सोमबार, २४ मङ्सिर २०७५, ०६ : ३८
सोमबार, २४ मङ्सिर २०७५

 काठमाडौं — कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका आरोपीको डिएनए पनि म्याच नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने भएको छ । 

संगठित अपराध ऐनमा रहेको प्रावधानअनुसार स्वतन्त्र विशेषज्ञहरुसमेत राखेर यस्तो अनुसन्धान टोली गठन गर्नेबारे गृह मन्त्रालयले छलफल गरिरहेको छ । 

अहिले प्रहरीले भीमदत्तनगर १८ का प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

सोधपुछका क्रममा उनीहरुले अपराध स्वीकार गरेका छन्, तर उनीहरुका कतिपय कुरा नमिल्दो रहेको प्रहरीले जनाएको छ । 

विगतमा अभियुक्त भनेर पक्राउ गरिएका दिलीपसिंह विष्टले पनि सुरुमा अपराध स्वीकार गरे पनि डिएनए नमिलेपछि छाडिएको थियो ।, यो खबर आजको नयाँ पत्रिकामा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप