शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा चाउचाउ दिएर फकाई बालिका बलात्कार, पाँचजना पक्राउ

आइतबार, २३ मङ्सिर २०७५, २० : ४२
आइतबार, २३ मङ्सिर २०७५

रुपन्देही । पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बुटवलले बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा देवदह–७ का जीवन खत्रीलाई आज पक्राउ गरेको हो । 

घर अगाडि खेल्दै गरेको अवस्थामा बालिकालाई चाउचाउ दिएर ललाइफकाई नजिकैको टहरामा लगेर खत्रीले जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले जानकारी दिए । 

खत्रीसँगै अन्य पाँच जनालाईसमेत प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप