शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग: रुस्लानद्वारा जावलाखेल पराजित

आइतबार, २३ मङ्सिर २०७५, १९ : १७
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा रुस्लान थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा थ्री स्टारले जावलाखेललाई २–० गोल अन्तरले हराएको हो । थ्री स्टारको जितमा दुवै गोल रजिन धिमालले गरे । जितसँगै थ्रीस्टारले शीर्ष स्थानको मनाङसँग अंक बराबरी गर्न सफल भएको छ । यद्यपि मनाङले थ्री स्टारभन्दा एक खेल कम खेलेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकेको जावलाखेल दोस्रो हाफमा समालिन सकेन ।  कुल्दिप कार्कीको हेन्ड बलमा थ्री स्टारले पेनाल्टीको अवसर पाएको थियो । जसमा रजिन गोल गर्न सफल भए । ७२ औ मिनेटमा थ्री स्टारका रञ्जन विष्टलाई डि बक्स नजिकै फल गरेपछि जावलाखेलका कुल्दिप कार्की रातो कार्ड मैदान बाहिरिएका थिए । प्राप्त सोही फ्रि किकमा रजिनले गोल गर्दै थ्री स्टारलाई जित दिलाउन सफल भए । थ्री स्टार १८ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । जावलाखेल ४ अंक सहित तालिकाको १२ औ स्थानमा छ ।

आजै भएको खेलमा विभागीय टिम एपीएफले सरस्वती युथ क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले सरस्वतीलाई ३–० गोल अन्तरले हराएको हो । लिगको सातौं चरणमा सहज जित निकाल्दै एपीएफ तालिकाको सातौ स्थानमा उक्लिएको छ । पहिलो हाफमै २–० को अग्रता बनाएको एपीएफले प्रर्दशनमा सुधार गरेको देखायो ।

गोल गर्न संघर्षरत एपीएफले खेलको १८ औ मिनेटमा रुपबहादुर लामाको गोलबाट अग्रता लिएको थियो । श्याम नेपालीको कर्नरमा उनले हेडमार्फत गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो गोल ४३ औ मिनेटमा सम्भव भयो । युवराज लामाले डि बक्सभित्रबाट प्रहार गरेको बलले सिधै पोस्टको जाली चुम्यो ।

जसमा सरस्वतीका गोलकिपर मुखदर्शक रहे । ३० औ मिनेटमा एपीएफका युवराज खड्काको हेड बल पोलमा लागेर बाहिरिएको थियो । खेल सकिन तीन मिनेट बाँकी छदाँ एपीएफका रुप लामाले ब्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–० को सहज जित दिलाए ।

सरस्वतीले २१ औ मिनेटमा गतिलो आक्रमण गरेको थियो । कप्तान रमेश तामाङको फ्रिकिकलाई एपीएफका गोलकिपर अमृत चौधरीले मुस्किलले बचाएका थिए । दोस्रो हाफमा केही आक्रमक देखिएको सरस्वतीले गोल निकाल्न सकेन । जितपछि एपीएफ १० अंकसहित तालिकाको सातांै स्थानमा छ । सरस्वती ६ अंक सहित नवौं स्थानमा यथावत छ ।

त्यस्तै लिगमा विभागीय टिम एपीएफले सरस्वती युथ क्लबलाई पनि पराजित गरेको छ । 

खेलमा एपीएफले सरस्वतीलाई ३–० गोल अन्तरले हराएको हो । लिगको सातौ चरणमा सहज जित निकाल्दै एपीएफ तालिकाको सातौ स्थानमा उक्लिएको छ। जितपछि एपीएफ १० अंक सहित तालिकाको सातौ स्थानमा छ भने सरस्वती ६ अंक सहित नवौ स्थानमा यथावत रहेको छ । 

एपीएफले खेलको १८ औ मिनेटमा रुपबहादुर लामाको गोलबाट अग्रता लिएको थियो । दोस्रो गोल भने ४३ औ मिनेटमा गरेको थियो । एपिएफका युवराज लामाले डि बक्सभित्रबाट प्रहार गरेको बल  सिधै पोस्ट भित्र जाली चुम्न पुग्यो । यस्तै ३० औ मिनेटमा एपीएफका युवराज खड्काको हेड बल पोलमा लागेर बाहिरिएको थियो । खेल सकिन तीन मिनेट बाँकी छदाँ एपीएफका रुप लामाले ब्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–० को सहज जित दिलाए ।

सरस्वतीले २१ औ मिनेटमा गतिलो आक्रमण गरेको थियो । कप्तान रमेश तामाङको फ्रिकिकलाई एपीएफका गोलकिपर अमृत चौधरीले मुस्किलले बचाएका थिए । दोस्रो हाफमा केही आक्रमक देखिएको सरस्वतीले गोल निकाल्न सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप