शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीहरुका लागि प्रधानमन्त्री ओलीले दिए रात्रीभोज

आइतबार, २३ मङ्सिर २०७५, १९ : ११
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीका लागि रात्रीभोजको आयोजना गरेका छन् । राजधानीको होटल याक एण्ड यतिमा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुका लागि रात्रीभोजको आयोजना गरेका हुन् । 

प्रधानमन्त्री ओलीले आयोजना गर्नुभएको रात्रीभोजमा सातवटै प्रदेशका मुख्यमन्त्रीका अतिरिक्त नेता कार्यकर्ताहरुको उपस्थिति रहेको बताइएको छ । 

आइतबारदेखि राजधानीमा अन्तरप्रदेश परिषदको बैठककै सुरु भएको छ । सोही बैठकमा सहभागि हुन राजधानी आएका मुख्यमन्त्रीहरुका लागि प्रधानमन्त्री ओलीले रात्रीभोज दिएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप