‘साइँली’को गीत : ‘नाच माया...’ भन्दै मेनुकालाई दयाहाङ र गौरव
काठमाडौं – गायक हेमन्त रानाको चर्चित गीत ‘साइँली’को नाम सापटी लिएर निर्माण भएको चलचित्र ‘साइँली’ले पहिलो गीत सार्वजनिक गरेको छ । आइतबार राजधानीको दरबारमार्गको राईजिङ मलस्थित क्युज चलचित्र भवनमा आयोजित कार्यक्रममा चलचित्रको ‘नाच माया...’ बोलको गीत सार्वजनिक गरिएको हो ।
गायक हेमन्त रानाकै स्वर रहेको गीत उनकै जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो । हर्क साउदको शब्द, सुशान्त गौतमको संगीत रहेको गीतमा विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।
गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई र केनिपा सिंह लगायउतको अभिनय गीतमा देख्न सकिन्छ ।
१५ चैत प्रदर्शन मिति घोषणा गरिएको चलचित्र रामबाबु गुरुङले निर्देशन गरेका हुन् । कथा पनि उनकै हो । गायक हेमन्त राना र गौरव पहारीले मिलेर चलचित्र बनाएका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा गौरव, मेनुका, दयाहाङ र केनिपा लगायत माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्की लगायतका कलाकारहरुको पनि अभिनय छ ।
चलचित्रमा विशाल गुरुङ र मोहन थापा निर्माता रहेका छन् । चलचित्रमा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि. कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा