शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जसले मट्टितेल छर्केर आफैंलाई ज्युँदै जलाए...

आइतबार, २३ मङ्सिर २०७५, १७ : ००
आइतबार, २३ मङ्सिर २०७५

बुटवल– कपिलवस्तुमा एकजना युवाले आफैंले आफ्नो शरीरमा मट्टितेल छर्किदै आगो लगाएर आत्महत्या प्रयास गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्वर ४ घर भएका ३५ बर्षीय बदुमियाँले चन्द्रौटा बजार नजिकै दिहवा भन्ने टोलमा शरीरमा आगो लगाएका हुन् ।

शनिबार आफ्नै शरीरमा आगो लगाएका मियाँको आइतबार उपचारका क्रममा निधन भएको हो । उनलाई पाल्पाको मिसन अस्पतालमा उपचारका लागि लगिएको थियो । मिया रङ लगाउने काम गर्दै आएका थिए । वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार मियाँ घटना भएका दिनपनि एक घरमा रङ लगाउन गएका थिए । घरधनीलाई रङमा मिसाउन मट्टितेल किनेर ल्याउन लगाएको र खाजा खानका लागि पैसा समेत मागेका थिए ।  घरधनीले बजारबाट मट्टितेल किनेर दिएपछि घरको छतमा रंङ्ग लगाउन गएका थिए ।

त्यसको केहिबेर पछि उनी छतबाट    शरीरमा आगोको ज्वाला सहित बचाओ... भन्दै भुँईमा खसेको  घरधनीले बताएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए । उपाध्यायका अनुसार मुम्वईमा रहेकी श्रीमती मुगुन मियाँसँग सम्बन्ध राम्रो नभएपछि उनलाई उतै छाडेर मियाँ दुई महिनाअघि मात्र घर आएका थिए । उनका सात बर्षका छोरा समेत आमासँगै रहेको बताईएको छ ।  
 
डरलाग्दो अवस्थामा जलेका मियाँलाई थप उपचारका लागि बुटवल पुर्याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि पाल्पा पठाइएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी रवि रावलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप