शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहाको ठाढीमा बम विस्फोट, दुई घाईते

आइतबार, २३ मङ्सिर २०७५, १५ : २१
आइतबार, २३ मङ्सिर २०७५

सिरहा– सिरहाको ठाढीमा बम बिस्फोट हुँदा दुईजना घाईते भएका छन् ।  भारतसँग सीमा जोडिएको भगवानपुर गाँउपालिका बडा नं. ४ ठाढीमा आइतबार भएको बम बिस्फोटमा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधबराज खरेलले जानकारी दिए ।

बिस्फोटमा स्थानीय ३० वर्षीय ओमप्रकाश यादव र २६ वर्षीय संजय यादव घाइते भएका हुन् । घाइते दुवैलाई उपचारका लागि भारततर्फ लगिएको प्रवक्ता खरेलले जानकारी दिए । गाउँको पुर्बी छेउमा रहेको बलान खोलामा शौच गर्न गएका बेला बेबारिसे अबस्थामा राखिएको झोला कोट्याउँदा विस्फोट भएको प्रहरीले जनाएको छ ।

पानपरागको बट्टामा बनाएको बम बिस्फोट भएको घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक राजेश थापाले बताए । बिस्फोटबारे अनुसन्धान भईरहेको प्रवक्ता खरेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप