शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल मेडिकल एण्ड ल्याब एक्सपो २०१८ हुँदै

आइतबार, २३ मङ्सिर २०७५, १५ : १५
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौं । आउँदो डिसेम्बर १४ देखि १६ सम्म भृकुटि मण्डपमा तेस्रो नेपाल मेडिकल तथा ल्याब एक्सपो २०१८ आयोजना हुने भएको छ । आयोजक एस.डि. प्रोमो मिडिया र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपालका अनुसार यो एक्सपो नेपालको स्वास्थ्य तथा ल्याब क्षेत्रको सबैभन्दा ठूलो व्यापार र ज्ञान आदान प्रदान गर्ने प्ल्याटफर्म हो ।

नेपाल मेडिकल एसोसिएशन, एसोसिएशन अफ इन्डियन मेडिकल डिभाईस इन्डष्ट्री, ईईपिसी, द साइन्टिफिक इक्युपमेन्ट एण्ड फर्निचर एसोसिएशन, नेपाल एसोसिएशन अफ क्लिनीकल केमेस्ट्री तथा जर्मनीको हाईटेक इन्डष्ट्री एसोसिएशन स्पेक्ट्यारिसको सहयोगमा यो एक्सपो हुन लागेको हो । 

नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्सपो आयोजना हुन लागेको हो । यस अन्तर्राष्ट्रिय एक्सपोमा मेडिकल एण्ड सर्जिकल इक्युपमेन्ट, डायगनोस्टिक्स, मेडिकल डिस्पोजेबल्स, फर्निचर एण्ड इन्फास्ट्रक्चर, आइ.टी. सर्भिस प्रोभाइडर, मेडिकल वेस्ट म्यानेजमेन्ट, प्mयासिलिटी म्यानेजमेन्ट, कमप्लीट हस्पिटल प्रोडक्ट्स एण्ड सपोर्ट सर्भिसेस, ल्याब, एनालाईटिकल, साइन्टिफिक एण्ड बायोटेक्निकल इन्सट्रुमेन्ट्स एण्ड कन्ज्युमेबल्सको प्रदर्शनी हुने आयोजकले बताएको छ ।

यो प्रदर्शनीमा २०० भन्दा बढि कम्पनीहरु र ५०० भन्दा बढि ब्राण्डहरुको उपस्थिती हुनेछ र यसमा दश मुलुकका अफिसरहरु, डाक्टरहरु, निति निमार्णकर्ता, उद्योगपति तथा वैज्ञानिकहरु भेला हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप