शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शान्ति समाज रुपन्देहीद्धारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

आइतबार, २३ मङ्सिर २०७५, १५ : ०८
आइतबार, २३ मङ्सिर २०७५

बुटवल– मुलुकमा बढिरहेको भ्रष्टाचारलाई अन्त्य गर्न माग गर्दै मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको छ । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा समाजले ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपसचिव सुशील बैद्यमार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र पठाएको हो ।

ज्ञापनपत्र बुझ्दै प्रशासनका प्रमुख उपसचिव सुशील वैद्यले भ्रष्टाचार नियन्त्रणका लागि राज्य संयन्त्र सक्रिय भएर लागेको भन्दै ज्ञापनपत्र प्रधानमन्त्रीलाइ पठाइदिने बताए । मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले परिवारका सदस्यहरुकै ठूला–ठूला चाहना हँुदा मानिसले पैसा आर्जन गर्न गलत बाटो समातिरहेकोले यस्लाइ घरभित्रैबाट पनि रोक्नुपर्ने बताए । उनले सरकारले भ्रष्टाचारीलाइ कारबाही गर्न कुनै कसर बाँकी राख्न नहुने उल्लेख गरे  ।

राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाई, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम, मानवअधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष डिपी खनाल,सचिव अर्जुन ज्ञवाली लगायतले बोल्दै भ्रष्टाचार समाजको रोग भएकाले जनताको विश्वास जितिरहेका मिडियाले यस्लाइ रोक्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

ज्ञापनपत्रमा लेखिएको छ– ‘नेपालमा भ्रष्टाचारका नया नया स्वरुप देखिएकोप्रति र सिंगो राजनीति भ्रष्टाचारमा डुब्न थालेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप