शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुनवलमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दियो, दुई जनाको मृत्यु

आइतबार, २३ मङ्सिर २०७५, १५ : ००
आइतबार, २३ मङ्सिर २०७५

बुटवल– नवलपरासीको सुनवलमा ट्यांकरले मोटरसाईकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । सुनवल ४ बाह्रघरेस्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ६७९४ नम्बरको ट्यांकरले विपरित दिशाबाट आउँदै गरेको ग १५ प ३४९२ नम्बरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक कास्की जिल्लाको पोखरा महानगरपालिका १६ लामाचौर बस्ने २९ का प्रविन गुरुङ र सोही ठाउँका मोटरसाइकलमा सवार २६ बर्षका विनोद बानियाँको मृत्यु भएको हो ।

गुरुङको पृथ्वीचन्द्र अस्पतालमा पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो भने बानियाँको देवदह मेडिकल कलेज देवदह रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट बढी घर्षण भएका कारण मोटरसाइकल जलेर नष्ट भएको छ । ठक्कर दिने ट्यांकर सुनवल प्रहरीको नियन्त्रणमा रहेको छ भने ट्यांकर चालक फरार रहेका छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप