शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वस्तिमासँगै ‘कुटुमा कुटु’ मा नाचे दर्शक

आइतबार, २३ मङ्सिर २०७५, १३ : ०७
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्काले आफ्नौ अभिनय रहेको चलचित्र ‘२ रुपियाँ’को चर्चित गीत ‘कुटुमा कुटु ’मा लाइभ प्रस्तुति दिएकी छन् ।  शनिबार टुँडिखेलमा आयोजना गरिएको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ सांगीतिक कार्यक्रममा उनले  यो गीतमा नाचेर दर्शक रिझाएकी हुन् । सो अवसरमा उनले ‘गैरी खेतको सिरै हान्यो’, ‘नाच फिरिरी’ लागायतका गीतमा समेत नृत्य प्रस्तुत गरेकी छिन् । 

नेपाल रग्बी एसोसियसनले फेम नेपालसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा रग्बी खेलसंगै विभिन्न सांगीतिक प्रस्तुति समेत राखिएको थियो ।  करिब ५ हजार दर्शकको उपस्थिति रहेको र गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लागायतले आफ्नो प्रस्तुति राखेको कार्यक्रममा  डान्सर बिनु शाक्यले बेली डान्स प्रस्तुत गरेकी थिइन् ।


वल्र्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिएको कार्यक्रममा सम्माननिय उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रफी सार्वजनिक गरेका थिए । कार्यक्रम बिहान १० बजे देखी साँझ ७ बजे सम्म चलेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप