शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा सुरु भयो अन्तरप्रदेश समन्वय परिषदको बैठक, ६ तस्बिरमा हेर्नुहाेस्

आइतबार, २३ मङ्सिर २०७५, १३ : ०७
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौं– अन्तरप्रदेश समन्वय परिषदको बैठक सिंहदरबारमा सुरु भएको छ । 

बैठकमा केन्द्र, प्रदेश र स्थानीय तहका बीचमा भइरहेका असमझदारी, समन्वय र कनिाइका बारेमा छलफल हुने बताइएको छ । 

बैठक ११ बजे सुरु हुने भनिएपनि केहीबेर अघि मात्रै सुरु भएको प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, संघका सबै मन्त्रीहरु, प्रदेशका सबै मुख्यमन्त्री, प्रदेशका प्रमुख सचिव, केन्द्रका मुख्य सचिव, केन्द्रका सचिव, महालेखा निरिक्षक लगायतको सहभागिता छ । 

बैठकमा मुख्यमन्त्रीहरुको रिपोर्टिङपछि प्रधानमन्त्रीले सम्बाधेन गर्ने कार्यक्रम छ । यसअघि गत भदौ २४ गते बस्ने भनिएको अन्तरप्रदेशको बैठक अन्तिम समयमा स्थगित भएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप