सेनाविरुद्ध आन्दोलन गर्ने स्थानीयको चेतावनी, जग्गा मिचेको आरोप
धनुषा–महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ९ पशुपतिनगरमा व्यक्तिको नाममा रहेको ५ विघा जग्गा नेपाली सेनाले मिचेको आरोप लागेको छ ।
नेपाली सेनाको पूर्वी पृतना मातहतको श्री नं. २ युद्धकवच गुल्म किसाननगरले स्थानीय जोगेन्द्र महतोलगायतको नाममा रहेको सो जग्गा मिचेको आरोप लागेको हो ।
महतोले भने–‘हामीले यो जग्गा ५० औं वर्षदेखि भोग चलन गर्दै आएका हौं । अहिले आएर नेपाली सेना पिल्लर गाडेको । हामीले भन्दा टेर्दैनन्, उनीहरु राति, दिउँसो जतिबेला मन लाग्यो सयौंको संख्यामा आएर पिलर गाड्छन् तर हाम्रो कुरा मान्दै मान्दैनन् ।’
स्थानीय घुरन महतोका अनुसार सितली देबी महतोको २ विघा, रामप्रताप साहको १ विघा ५ कठ्ठा, रामसोगारथ महतोको १६ कठ्ठा, जोगेन्द्र महतोको ६ कठ्ठा, रेखादेवी यादवको २ कठ्ठा, नवल महतोको ४ कठ्ठा जग्गामा सेनाले जवरजस्ती पिलर गाडेको हो ।
स्थानीयहरुले नेपाली सेनाले गाडेको पिलर तुरुन्तै उखेल्न चेतावनी दिँदै पिलर नउखिलिए संघर्षको कार्यक्रम अन्तर्गत आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
पूर्खौदेखि किसाननगरका स्थानीय किसानहरुले जोतभोग गर्दै आएको सोही स्थानको २ सय ८२ विघा जग्गाको लालपुर्जा स्थानीयले माग गर्दै आएको समयमा ऐलानी जग्गामा प्रदेश २ को पृतना स्थापनाका लागि सरकारबाट हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरणपछि नेपाली सेनाको पृतना स्थापनाको क्रममै हाल स्थानीय किसानहरुको जग्गामा सेनाले पिलर गाडेको हो ।
यता आफ्हरुको नम्बरी जग्गामा सेनाले पिलर गाडेको बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीलाई जानकारी गराउँदा समेत कुनै सुनवाई नभएको पीडित रामसोगारथ महतोले दुःखेसो पोखे ।
बर्दिबास नगरपालिकाका नगरप्रमुख कार्कीले सेनाले फूटबल ग्राउण्डका लागि ऐलानी जग्गाको आफूसँग स्वीकृति मागेपनि कसैको नम्बरी जग्गामा कब्जा गर्न नपाइने र गरेको भए त्यसलाई हटाउन लगाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा