जनकपुरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने
जनकपुरधाम– आगामी पुस ७ र ८ गते जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन–२०७५ हुने भएको छ । उद्योग वाणिज्य सङ्घको राजर्षिजनक सभागृहमा हुने सो सम्मेलनमा नेपाल–भारतका मैथिली सेवी, विद्वान, साहित्यकारका साथै अन्य भाषाका अन्तर्राष्ट्रिय ख्यातिका साहित्यकार, संस्कृतिविद्को सहभागिता रहने जनाइएको छ ।
सम्मेलनका संयोजक रामभरोस कापड़ि भ्रमरका अनुसार सम्मेलनअन्तर्गत विचार गोष्ठीमा समसामयिक विषयमा एक दर्जनभन्दा अधिक कार्यपत्र प्रस्तुत गरिनुका साथै कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ ।
सम्मेलनको पहिलो दिन जनकपुरधामको जानकी मन्दिरदेखि सभास्थलसम्म हुने प्रभातफेरीमा मैथिल परिधानले सज्जित सहभागीद्वारा मैथिलीको उत्थानमूलक नारा, ब्यानरसहित प्रदर्शन हुनेछ । मैथिली जागरण नामाकरण गरिएको प्रभातफेरी मिल्स एरिया, भानु चोक, शिवचोक, रामचोक हुँदै कार्यक्रम स्थलमा पुग्ने बताइएको छ ।
पहिलो दिनको कार्यक्रममा उद्घाटन, मिथिला रत्न सम्मान एवं पुरस्कार प्रदान, स्मारिका र महत्वपूर्ण पुस्तकको विमोचन, नेपाल–भारतका कलाकारद्वारा सांस्कृतिक कार्यक्रम हुनेछ ।
त्यस्तै सम्मेलनको दोस्रो दिन कार्यपत्र प्रस्तुत, कवि गोष्ठी, सांस्कृतिक कार्यक्रम र जनकपुरधाम घोषणापत्र जारी गरिने कार्यक्रम रहेको छ । यसका साथै सम्मेलन अवधिभर पुस्तक, हस्तकला, मिथिला लोकचित्रको प्रदर्शनीसमेत हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
-
अमेठीमा उम्मेदवारी दिनुअघि राहुल गान्धीले अयोध्यामा रामको दर्शन गर्ने
-
माओवादीको स्थगित जागरण अभियान सञ्चालन अन्योलमा
-
गुठी विधेयक छिट्टै ल्याउँछौँ : मन्त्री अधिकारी
-
मधेसमा लुंगेलीले पाइन् श्रम मन्त्रालयको जिम्मेवारी
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव