गोलबजार उद्योग व्यापार संघमा अग्रवाल प्यानल विजयी
सिरहा– गोलबजार उद्योग व्यापार संघको शुक्रवार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार भरत अग्रबालको प्यानल विजयी भएको छ ।
आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार अध्यक्ष पदमा भरत अग्रबाल प्रत्यासी जिवछ साहभन्दा चार सय २६ मतान्तरले विजयी भएहा हुन् । भरत अग्रवालले नौं सय ९८ र जिवछ साहले चार सय २६ मत प्राप्त गरेका छन् ।
प्रथम उपाध्यक्षमा महेश साह सुडी, दोस्रो उपाध्यक्षमा आनन्द कुमार यादव, महासचिवमा जिवछ साहपक्षका राजेश कुमार साहले विजय हात पारेका छन् । संघको १५ सदस्यीय कार्यसमितिमा साह पक्षबाट महासचिवमात्र विजयी भएका हुन् । बाँकी सवै अग्रवाल पक्षले हात पारेको निर्वाचन अधिकृत सुरेन्द्र कुमार सिंहले जानकारी दिए ।
त्यसैगरी कोषाध्यक्षमा विजय कुमार साह र सचिवमा अरुण कुमार सिंह विजयी भएका छन् ।
सदस्यहरुमा समृका देवी महतो, विनोद कुमार साह, कपिलदेव साह, दीपेन्द्र कुमार साह, राम सिंगार साह, हिरा यादव, अनिल लामा, दिनेश कुमार नायक र बैजनाथ शर्मा विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा