बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इस्लिङ्टन कलेजका २ सय ९१ विद्यार्थी दीक्षित

आइतबार, २३ मङ्सिर २०७५, ११ : १९
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौं– लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा संचालित कमलपोखरीस्थित इस्लिङटन कलेजका स्नातक उत्तीर्ण २ सय ९१ विद्यार्थी दीक्षित भएका छन् ।
 काठमाडौमा आयोजित समारोहमा विश्वविद्यालयका  प्रो भाइस चान्सलर प्रो डोमेनिक पामर ब्राउनले दिक्षीत विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । 

 दीक्षान्त समारोहमा बोल्दै प्रो भाइसचान्सलर ब्राउनले विदेशी विश्वविद्यालयको कोर्ष  अध्ययन गराएको इस्लिङटनले कलेजले गरेको शैक्षिक प्रगतिको खुलेर प्रशंसा गरे । 

कार्यक्रममा बोल्दै आइएनजी ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले अन्तराष्ट्रिय स्तरको शिक्षा लिन सफल विद्यार्थीले सोही स्तरको प्रगति हासिल गरेको  बताए । 

 कलेजले आगामी दिनमा थप नयाँ योजना अघि बढाउने जानकारी गराउँदै उनले भने–‘हामी विश्वस्तरको शिक्षा दिन सफल भैसकेका छौ, अब रोजगार सहितको शिक्षा दिनेछौँ ।’

 सूचना र प्रविधिमा आधारित कलेजको शिक्षाले विश्वमा सफलता हाँसिल गर्न सकेको दाबी गर्दै  उनले भने–‘अब नेपालमै विश्वस्तरको रोजगार सहितको शिक्षा हामीले दिनेछौँ ।’

 अध्ययन सँगै नयाँ काम खोज्ने अमेरिका, अष्ट्रेलिया  जापान जाने विद्यार्थीले अब नेपालमै सोही स्तरको शिक्षा पाउने जानकारी दिँदै उनले भने, ‘विद्यार्थीको लाइफ स्टाइललाई परिवर्तन गर्न र उत्कृष्ठ रोजगारी हासिल गर्न सुचना र प्रविधियुक्त शिक्षा उपलब्ध गराउनेछौँ ।’ 

 अध्यक्ष बुढोथोकीले त्यसको लागि इनोभेट नेपाल कम्पनी (आइएन) नेपाल स्थापना गरेको घोषणा गरे । 

सो संस्थाबाट सुचना प्रविधिमा आधारित अनलाईन शिक्षाको शुरुवात गर्न लागेको उनको भनाई थियो । 

दीक्षित हुनेमा १ सय २३ जना बिएस्सी अनर्स कप्युटिङ, ७१ जना बिएस्सी अनर्स कप्युटर नेटवर्किङ एन्ड आइटी सेक्युरिटी,४६ जना मल्टिीमिडिया टेक्नोलोजीर ५१ जना बिबिएका विद्यार्थी रहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप