बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

'राजा ज्ञानेन्द्रको कुरा नमान्दा मलाई भ्रष्टाचारी बनाइयो'

आइतबार, २३ मङ्सिर २०७५, ११ : १६
आइतबार, २३ मङ्सिर २०७५

कुनैबेला गरिब जनताको मुहार फेर्ने, प्रजातन्त्रको जग बसाउँदै मुलुकको स्वरूप बदल्ने अभियानमा लामबद्ध थिए चिरञ्जीवी वाग्ले । अन्याय र थिचोमिचो रहित, भ्रष्टाचार समाजको निर्माण ः यस्तो आदर्श र निष्ठासहित राजनीतिमा लागेका वाग्लेले पञ्चायती व्यवस्थामा छ वर्ष जेलजीवन बिताए । 

२०४६ को राजनीतिक परिवर्तनपश्चात् २०४८ यता उनी पटक पटक मन्त्री बने । तर, त्यसको एक दशक हाराहारीमै वाग्ले ‘भ्रष्ट र खराब राजनीतिक पात्र’का रूपमा दरिए । अदालतको फैसलाअनुसार वाग्लेले बिगो र जरिवानासहित ४ करोड ६ लाख तिर्नुपर्ने भयो । उनीमाथि अदालतले त्यत्रो विगो जरिवाना गरेको  मुलुकको पहिलो भ्रष्टाचारी नेताको ठप्पा लाग्यो । त्यसले उनको सार्वजनिक राजनीतिक जीवन नै सखाप बनाइदियो । त्यसो त वाग्ले आफूलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले षड्यन्त्रपूर्व फसाएको दाबी गर्छन् । 

कुनै जमानाका सदाचारी, प्रतिबद्ध र भ्रष्टाचारविरुद्ध कानुन ल्याउन भूमिका खेल्ने काँग्रेस नेता कसरी भ्रष्टाचारी हुन पुगे ? चिरञ्जीवी वाग्ले कहाँनेर चुके ? प्रस्तुत छ उनै वाग्लेसँग रातोपाटीले नेपाली राजनीतमा मौलाएको भ्रष्टचारबारे गरेको कुराकानी :

सक्रिय राजनीति गर्दागर्दै निष्कृय बस्नुपरेको छ, कस्तो अनुभव भइरहेको छ ?
पहिले सक्रिय राजनीतिमा थिएँ । अहिले पनि म निष्कृय नै त छैन । केही न केही गरिरहेको नै छु । मैले योबीचमा चारवटा पुस्तक लेखेको छु । ‘बन्धनशालामा खीर’ (उपन्यास), ‘बलिदानले बनेको देश’ (ऐतिहासिक उपन्यास), ‘उज्यालोतिरको यात्रा’ (पुराना कविताहरूको सङ्ग्रह) र ‘नेपाली साहित्य मेरो दृष्टि’ (समालोचना) निकालेको छु । त्यसपछि ‘बहादुर शाह’ नामक ऐतिहासिक उपन्यास प्रेसमा पठाउने तयारी गर्दैछु । ‘स्वाधीनता र भीमसेन’ बहादुर शाह र सुगौली सन्धिलाई समेटेर पुस्तक लेखेको छु । यसबाट पनि म लेख्ने काममा बढी सक्रिय भएको छु भन्दा फरक पर्दैन । आखिर लेखेर सेवा गरे पनि र राजनीति गरे पनि देशकै सेवा गर्ने हो भन्ने लागेर यो काम गर्दैछु । तर, लामो समय राजनीति गरेको मान्छे राजनीति ठीक ढङ्गले गइरहेको छैन भन्ने लाग्यो भने चिन्ता हुने कुरा स्वभाविक हो । 

सक्रिय राजनीतिबाट लेखन र अध्ययनतर्फ डाइभर्ट हुनुभएछ, मुलुकको अहिलेको राजनीति चाहिँ कता गएको देख्नुभएको छ ?
मुलुकमा आन्दोलन भयो । संविधान आयो । मुलुकले बाटो पाइसक्यो, अब राजनीतिक समस्या सकियो, आर्थिक समृद्धितिर लाग्नुपर्छ भनेर सबैले भनेका छन् तर मेरो त्यसमा केही असहमति छ । त्यो भनेको संविधान निर्माणको प्रक्रियामा नै केही मानिसहरू वा पक्षहरू असहमत भएर बाहिरै बसेका छन् । चाहे मधेसको पक्ष वा हिजो माओवादीमा लागेका मोहन वैद्य वा विप्लव समूह नै किन नहुन् ? उनीहरू अलगअलग पार्टी खोलेर बसेकै छन् ।  उनीहरूले असहमति र असन्तुष्टि जनाइरहेका छन् । यसले राजनीति सहज रूपमा अवतरण भयो भन्ने कुरासँग म सहमत हुन सकिरहेको छैन । अब त्यस्तो नहोस्, खराब परिस्थिति नआओस्, सबै राष्ट्रिय राजनीतिको मूलधारमा आऊन् भन्ने चाहाना राख्ने कुरा स्वाभाविक हो । चाहाना एउटा कुरा हो, यथार्थता अर्को कुरा हो ।

तर विगतको इतिहास हेर्दा जुनसुकै परिवर्तन हुँदा पनि केही असन्तुष्ट बाँकी नै रहेको पाइन्छ । अहिलेको प्रक्रियामा पनि त्यस्तो अवस्था आउनु स्वाभाविक हैन र ? 
तपाईंको भनाइमा केही सत्यता त छ । तर, हिन्दुस्तानको संविधान बनाउँदा पनि त्यो अवस्था देखिएको हो । तर पछि विस्तारै सबै मूल प्रवाहमा आए । हाम्रो देशमा पनि त्यस्तै होस् भनेर कल्पना र कामना गर्ने त्यही हो । त्यस्तो भए राम्रै हो, यदि भएन भने मुलुक अप्ठ्यारोमा पर्ने र जनताले दुःख पाउने अवस्था आउन सक्छ भन्ने आशङ्का हो । 

राजनीतिबाहेक आर्थिक सामाजिक अवस्था कस्तो पाउनुभएको छ ? 
विगत २०-२२ वर्षको बीचमा केही आर्थिक, सामाजिक परिवर्तन भएका छन् । जनताले केही सुविधाहरू पनि पाएका छन् तर पर्याप्त छैन । हाम्रा कलेजबाट शिक्षित र दीक्षित भएर मानिस निस्कन्छन्, त्यसअनुपातमा देशमै रोजगारी पाउने अवस्था छैन । मानिसलाई रोजगारीको ग्यारेन्टी गर्ने कुरामा धेरै बाँकी छ । तर, २०४६ सालको परिवर्तनसँगै गाउँका जनतामा केही सुविधा र सहुलियत पुगेको छ । सडक, बत्ती, विद्यालय, कलेज खानेपानी, शिक्षा र स्वास्थ्य पनि विस्तार भएको छ ।

तर, २०४६ सालको परिवर्तनपछि धेरै नेताहरू आर्थिक अनियमिततामा पनि मुछिएका छन् । त्यसको एक उदाहरण तपाईं आफैं पनि हो । किन राजनीतिक दलका नेताहरू त्यस्तो अनियमिततामा डुब्ने गरेका होलान् ? 

सबैको बारेमा त म के भन्न सक्छु र ? मलाई पनि एउटा अभियोग लगाएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा लगायो । मेरो भनाइ राख्न तपाईंलाई कुनै अप्ठ्यारो हुँदैन भने यो प्रकरणबारे प्रष्ट बताउँछु । 

म र मजस्ता धेरै साथीहरूमाथि लगाएको त्यो अभियोग प्रायोजित थियो । मेरै सन्दर्भमा मलाई मुद्दा लाउने प्रक्रिया सुरु भइसकेपछि अख्तियारले मेरो बयान लियो । बयान लिने क्रममा हामी ४ जना मानिस थियौं । म, अख्तियार प्रमुख सूर्यनाथ उपाध्याय, अख्तियारकै सदस्यसचिव माधवदत्त भट्ट र प्रहरीका एसपी दीपक श्रेष्ठ । बयान सकिएपछि सूर्यनाथ उपाध्यायले भने, ‘तपाईंलाई मुद्दा नलाग्ने रहेछ तर मैले तपाईंलाई मुद्दा नलगाई भा’छैन । तपाईंलाई मुद्दा लगाउनै पर्ने भएकाले म तपाईंका छोरालाई थुन्छु भने । उसले व्यापार गरेको छ, केही नकेही फेला पर्छ, त्यसका आधारमा थुन्छ’ु भने । मैले त्यस्तो पनि हुन्छ भनेर प्रश्न गरँे । उनले ‘हुन्छ’ भने । भयो पनि त्यही । उनले मुद्दा नलाग्ने रहेछ तर लगाउनै पर्ने भएको छ भन्नुको पछाडि म के बुझ्छु भने उनलाई ममाथि मुद्दा लगाउन तत्कालीन राजाले प्रेसर गरे होलान् । 

त्यसपछि उनले मलाई एउटा प्रश्न पनि सोधे– मन्त्रीजी के साँच्चै नेपाली जनता प्रजातन्त्रको पक्षमा छ ? राजाको यो प्रश्नपछि मैले सहजै बुँझे राजा प्रजातन्त्रको पक्षमा छैनन् । मैले मेरो आस्था र विश्वास प्रजातन्त्रप्रति नभएको भए राजासँग उभिएर उनकै समर्थन गर्नसक्थेँ । उनी मैले त्यसो गर्दा खुशी हुन्थे होलान ।

किन राजाले तपाईंमाथि मुद्दा लागाउन दबाब दिए त ? कारण के हुनसक्छ ?

शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्थ्यो । म उहाँपछि दोस्रो तहको मन्त्री थिएँ । त्यो बेला प्रधानमन्त्री देउवा विदेश जानुभएको थियो । उहाँ बाहिर गएपछि प्रधानमन्त्रीको कार्यभार मैले सम्हालेको थिएँ । त्यही बेला चुनाव गर्ने तयारी सरकारको थियो । तर, चुनाव हँुदैन भन्ने हल्ला बाहिर व्यापक थियो । शान्ति सुरक्षाका कारण स्थानीय चुनाव रोकिसकेका थियौँ । संसद विघटन पनि देउवाजीले हामीसँग सल्लाह नै नगरी गर्नुभएको थियो । राजासँग उहाँको इन्ट्रेस्ट मिल्यो होला, अनि संसद विघटन गर्नुभयो । यस्तो अवस्थामा मलाई के लाग्यो भने, स्थानीय चुनाव भएको छैन, संसद विघटन भइसक्यो । अब संसदीय चुनाव हुन सकेन भने मुलुक धेरै ठूलो दुर्घटनाको खाडलमा पर्छ भन्ने लागिरहेको थियो । यसैक्रममा राजालाई भेट्ने कार्यतालिका थियो । म दरबार गएँ । जाँदाजाँदै मेरो मनमा यदि अनुकूल भयो भने चुनावबारे राजाको धारणा के रहेछ बुझ्नुपर्र्यो भन्ने सोच आयो । यो सोच्दै म दरबार पुगेँ । सानो कोठा थियो त्यो कोठामा म पूर्व फर्केर बसेँ । म पुगेपछि राजा आए उनी पश्चिम फर्केर बसे । अनि राजाले मलाई सोधे ‘मन्त्रीजी मुलुकको हालखवर के छ ?’ भनेर प्रश्न गरे । मलाई पनि उनको मनको कुरा बुझ्ने इच्छा भएकाले मैले जवाफमा भने– ‘सरकार मानिसहरू चुनाव हँुदैन हँुदैन भन्छन् । किन भनेको हो त्यो त बुझिसकेको छैन तर सबै (कर्नर) क्षेत्रका मानिसको भनाइ यही छ’ भनेँ । मैले यति भनेपछि राजाले केही बोल्छन् कि भन्ने लागेको थियो तर उनी बोलेनन् । त्यसपछि फेरि मैले आफैले थपेँ ‘सरकार अस्थिरता भयो भने विदेशीहरूले बढी खेल्छन्, विदेशी चलखेल बढ्छ । अस्थिरता बढ्दै गएपछि हामीले स्वतन्त्र रूपमा गर्ने निर्णयमाथि पनि हस्तक्षेप गर्न आइपुग्छन् । मुलुकको स्वार्थका कारण पनि हामीले देशमा स्थायित्व कायम गर्नुपर्छ । त्यसका लागि सरकारका विभिन्न अङ्गमध्ये संसद एक हो, जसले सरकार नै बनाउँछ । त्यस निम्ति कुनै पनि मूल्यमा चुनाव गराउनुपर्छ भने । यतिभन्दा पनि राजा बोल्दैनन् । त्यसपछि अरू केही कुरा हुँदैथियो । त्यसैबेला राजाले भने, ‘मन्त्रीजी तपाईंले भनेको कुरा ठीक हो । अस्थिरता भयो भने विदेशीले खेल्छन् । चलखेल बढ्छ ठिकै हो । तर मुलुकले अस्थिरता कतिसम्म धान्न सक्छ भन्ने कुरा हो ।’ मैले बुझिहालेँ उनको कुरा । उनले हिजो पनि संसद थियो, स्थायित्व भएन । अहिले पनि चुनाव गराएर स्थायित्व हुँदैन । स्थायित्व दिने त मैले हो भन्ने राजाको आशय थियो । 

त्यसपछि उनले मलाई एउटा प्रश्न पनि सोधे– मन्त्रीजी के साँच्चै नेपाली जनता प्रजातन्त्रको पक्षमा छ ? राजाको यो प्रश्नपछि मैले सहजै बुँझे राजा प्रजातन्त्रको पक्षमा छैनन् । मैले मेरो आस्था र विश्वास प्रजातन्त्रप्रति नभएको भए राजासँग उभिएर उनकै समर्थन गर्नसक्थेँ । उनी मैले त्यसो गर्दा खुशी हुन्थे होलान । तर मैले प्रजातन्त्रका लागि धेरै वर्ष जेलनेल भोगेँ । सानैदेखि लागेँ । जनताले चुनेर पठाएको प्रतिनिधि म मन्त्री पनि छु । मन्त्रीले राजालाई भन्दा उनलाई अप्रिय लाग्नु उनको कुरा हो तर सत्य कुरा गर्नुपर्छ भन्ने मलाई लाग्यो र मैले गनेको जसरी भने– सरकार राजनीतिक पार्टीका कार्यकर्ता, शिक्षक, विद्यार्थी, प्राध्यापक, वकिल, पत्रकार, डाक्टर, उद्योगपति, व्यापारी, कर्मचारी र समग्रमा सचेत मानिसहरू प्रजातन्त्रको पक्षमा छन् । प्रजातन्त्रको माध्यमबाट देश समृद्ध होस्, समाज समुन्त र आफू सम्मानित नागरिक बन्न पाऊँ भन्ने चाहान्छन् । मानिसले खोज्ने भनेको समृद्ध मुलुक र समुन्नत समाज हो । त्यसकारण नबुझ्ने मान्छेको म कुरा गर्दिनँ । फेरि नबुझ्ने मानिसलाई ढुङ्गा हान्न लगाउने पनि बुझ्ने मानिस नै हुन् मैले भने । 

त्यसपछि मैले राजाको अनुहार हेरेँ । उनको अनुहार पहिला त राम्रो थियो तर मेरो प्रस्तुति र बोली सुनेपछि एकाएक विग्रियो । अँध्यारो अनुहार लगाए । उनले चाहेको भन्दा फरक धारणा मबाट आएपछि उनको अनुहार विग्रेको कुरा मैले मनमनै त्यहिबेला सोचेँ र मलाई लाग्यो मेरो उत्तर राजालाई बिझ्यो । बेलुकाको कुरा हो यो । त्यसपछि म दरबारबाट निस्के । भोलिपल्ट एक दिन रह्यो । पर्सिपल्टबाट मेरो खिलाफमा अख्तियार पनि प्रयोग भयो । सम्पत्ति शुद्धीकरण आयोग पनि प्रयोग गरियो । यी निकायहरू मेराविरुद्ध प्रयोग भएपछि मिडियाले उचाल्ने त छँदैथियो । 

त्यसबेला विवेक शाह राजाको सैनिक सचिव थिए । उनले मैले देखेको दरबार नामक पुस्तकमा ‘२० गते राजाले सूर्यनाथलाई भेटे, अब राजनीतिक मान्छेलाई मुद्दा लाग्छ’ भनेर लेखे । यसबाट पनि के पुष्टि हुन्छ भने त्यसबेला अख्तियारले मुद्दा लगाएको राजाको निर्देशनमा नै हो । राजाको निर्देशनलाई अख्तियारले नटेर्न सकेन, अनि ममाथि मुद्दा लगाइयो । 

त्यसपछि शेरबहादुरजी नेपाल फर्कनुभयो । सायद साउन ३० गतेको दिन थियो त्यो । देउवाजी बिहानैजस्तो नेपाल फर्केपछि दिउँसो सिंहदरबार आउनुभयो । उहाँसँग भेटभयो ।  ‘प्रमज्यू अब मुलुकमा तीनवटा कुरा हुन्छ है’, मैले भनेँ । के हुन्छ के हुन्छ भनेर उहाँ उद्वेलित हुनुभयो । ‘एक चुनाव हुँदैन । दुई पद्धति नै जान्छ । तीन सरकार त त्यसै जाने नै भयो’ मैले भने । के भो ? के भो ? भन्नुभयो । मैले पहिलाका यी सबै कुरा सुनाएँ । देउवाजीले तपाईंले यत्रो छलफल गर्नुभएछ । म त त्यस्तो छलफल गर्दिनँ, चाहिएका कुरा गर्छु, नत्र उनका कुरा सुन्छु मात्रै भन्नुभयो । त्यो दिनको कुरा त्यतिमै सकियो । मैले यो कुरा अरू मन्त्रीहरूलाई भनेको थिइनँ । त्यसको १५ दिनपछि शेरबहादुरजीले तपाईंले भनेको कुरा एक दुई जनाले सोचेका रहेछन् । तर त्यस्तो हुँदैन । सबै ठिकठाक नै छ भनेर देउवाजीले क्याबिनेटमा भन्नुभयो । म देउवाजीको कुरामा आश्वस्त भइनँ । अरू मन्त्रीहरूले के कसो भनेर पनि सोधेनन् । त्यसको एक महिनापछि मैले भनेका तीनवटै कुरा भए । त्यसलगत्तै मेरो अख्तियारमा बयान सुरु भयो । बयान सकेपछि सूर्यनाथले मलाई भने–तपाईंलाई मुद्दा नलाग्ने रहेछ । तर तपाईंलाई मुद्दा नलगाई भएको छैन । त्यसका लागि म तपाईंका छोरालाई थुन्छु भने । 

त्यसबेला विवेक शाह राजाको सैनिक सचिव थिए । उनले मैले देखेको दरबार नामक पुस्तकमा ‘२० गते राजाले सूर्यनाथलाई भेटे, अब राजनीतिक मान्छेलाई मुद्दा लाग्छ’ भनेर लेखे । यसबाट पनि के पुष्टि हुन्छ भने त्यसबेला अख्तियारले मुद्दा लगाएको राजाको निर्देशनमा नै हो । राजाको निर्देशनलाई अख्तियारले नटेर्न सकेन, अनि ममाथि मुद्दा लगाइयो । 

राजाको निर्देशनमा आफूमाथि भ्रष्टचारको मुद्दा लगाएको भन्ने तपाईंको दाबी रह्यो । अरू प्रमाणले तपाईं भ्रष्टाचारी ठहर भइसक्नुभएको छ । तर तपाईं आफै पनि कुनैबेला भ्रष्टारविरुद्धको कानुन ल्याउनुपर्छ भनेर हिँडेको, प्रजातन्त्रका लागि लडेको मानिस सत्ताको आडमा गल्ती गरेँछु या भ्रष्टचार गर्न नहुने काम रहेछ भन्ने पछुतो लागेको छैन ?      
मैले अघि भनिसकेँ । मैले चुकेर अनियमित काम गरेको भए सूर्यनाथजीले भन्दा हुन्– तपाईंको यो यो ठाउँमा मिस्टेक छ, म तपाईंलाई मुद्दा लाउँछु भनेर । तर त्यो त उनले भनेनन् । मैले जे भन्दैछु  गल्ती र बनावटी कुरा भनेको छैन, भन्नु पनि छैन । अहिले पनि पाकिस्तानमा नवाज सरिफलाई मुद्दा लगाइएको छ । बङ्गलादेशमा शेख हसिनामाथि पनि मुद्दा परेको थियो । पहिला पहिला त ज्यानै जान्थ्यो, गर्धन जान्थ्यो । अहिले पनि प्रजातन्त्र नभएको मुलुकमा गर्धन पनि जाला तर मुद्दा भने लगाइदिने चलन छ । 

यदि मैले त्यस दिन राजासँग उभिएर सरकार जनता केको प्रजातन्त्रको पक्षमा हुन्थ्यो भनेर भनिदिएको भए मलाई मुद्दा लाग्दै लाग्दैनथियो । तर म प्रजातन्त्रका लागि ६, ७ वर्ष पहिले नै जेल बसिसकेको थिए । अहिले त्योभन्दा बढी कठिनाइ सहनुपर्यो, व्यथा बेग्लै छ । तर आस्था र विश्वास मेरो हटेको छैन । 

तपाईं त झण्डै नौ पटक मन्त्री हुनुभएको मान्छे, धेरै कर्मचारीसँग सङ्गत पनि गर्नुभयो । कतिपयले नेताहरूलाई भ्रष्ट बनाउन कर्मचारीहरूको पनि हात हुन्छ भन्छन्, तपाईं के भन्नुहुन्छ ?
म मन्त्री हुँदा मेरो मन्त्रालयमा रहेका सचिवहरूले त्यस्तो खालको कुनै पनि क्रियाकलाप गरेको मलाई थाहा छैन । अहिले पनि कोही त बाँचेकै होलान् । म स्थानीय विकास मन्त्री हुँदा सचिव उदयराज सोती थिए । सरकारले कर्मचारीलाई तक्मा दिनुछ हजुरको मान्छे को छ ? भनेर सोधेँ । सबै कर्मचारी मेरा हुन् तर त्यसरी तक्मा दिने निजी कोही छैन भने । कर्मचारीको फाइल आउँछ, त्यसमा पियनदेखि खरदार सुब्बा, सहसचिव र उपसचिवबाट ल्याउनुसभन्दा यस्तो त कसैले गर्दैनन् हजुर, ‘यो यो गर्नुस भनेर भन्छन् । अरूले त’ भने । त्यसकारण सचिवले गर्ने भनेको राज्यको काम हो । ऊ राज्यप्रति जिम्मेवार हुन्छ । मन्त्रीले सचिवलाई काम लगाउने भनेको सरकारको नीति र कार्यक्रमअन्तर्गत रहेर नै हो । त्यो नीति र कार्यक्रमअन्तर्गत रहेर काम गर्न जुनसुकै सचिव भए पनि फरक पर्दैन ।  

त्यसो भए मन्त्री फेरिँदा किन सचिव पनि फेरिन्छ त ? आफू अनुकूलको सचिव ल्याउन खोज्नु भ्रष्टचार गर्ने नियत होइन भन्न सकिन्छ र ? 
मैले देखेको सरकारको नीति र कार्यक्रम कार्यान्वयन गर्ने कुरामा कुनै पनि सचिव प्रतिकूल हुँदैनन् । किनभने म २०५५ सालमा वाणिज्य तथा भूमिसुधार मन्त्री हुँदा रेवतीरमण पोखरेल र भूमिसुधार सचिव र मोहनदेव पन्त वाणिज्य सचिव थिए । दुवैलाई गिरिजाबाबुले मुद्दा लगाएर पनि जितेर आएका थिए । तर मेरो कार्यकालमा उनीहरूले त्यस्तो कुनै असहयोग गरेनन् । हो, सचिवहरूलाई कसरी सही ढङ्गले परिचालन गर्ने भन्ने कुरा मन्त्रीको हातमा हुन्छ । उपयुक्त ढङ्गले प्रयोग गर्यो भने, उनीहरूले सहयोग गर्छन् भन्ने मलाई लाग्छ । 

जो (अच्युतकृष्ण खरेल) लाई आईजीपी बनाउन दरबार तयार थिएन । खुमबहादुरजी गृहमन्त्री हुनुहुन्थ्यो । त्यसबेला खरेललाई आईजीपी नबनाउन गणेशमान सिंहकोमा धेरै मानिसहरू आएका थिए । २ नम्बरको धु्रवबहादुर प्रधानलाई बनाउनुपर्छ भन्ने त्यसबेला दरबारको चाहाना बुझिन्थ्यो । तर हामीले १ नम्बरको खरेललाई नै  बनाउनुपर्छ । एक नम्बरकोलाई बनाउँदा दुई नम्बरकाले जागिर छोड्नुपर्दैन भनेर त्यही अडान राख्यौं र अच्युतलाई नै बनायौ । त्यसपछि सरकार फेरियो, बामदेव गृहमन्त्री भए । अनि खरेल आईजीपी भएको ३६ दिनपछि नै खरेललाई हटाएर धु्रवबहादुर आईजीपी बनाइयो । 

कतिपयले नेपालमा भ्रष्टाचारको हतियार मन नपरेका नेताको राजनीतिक जीवन समाप्त पार्न पनि प्रयोग हुन्छ भन्ने गर्छन् । तपाईंको पनि भनाइ त्यही हो ?
घटनाक्रमहरूले त्यो पनि देखिँदै आएको छ । अरूको कुरा गर्न मलाई जरुरी छैन । तर मसँग दरबार किन पनि रिसायो भनेर अघि भने । अर्को मैले २०५४ सालमा प्रश्न उठाएको थिएँ । त्यसबेलाको रेकर्ड हेर्दा पनि थाहा हुन्छ । त्यसबेला यिनै राजा ज्ञानेन्द्र (अधिराजकुमार भनिन्थ्यो) दुबई कतार कता गएका थिए । त्यहाँ ज्ञानेन्द्रले एउटा अन्तरवार्ता दिए । नेपालमा माओवादीको आन्दोलन बढ्दै गएको थियो । उनलाई त्यहाँको मिडियाले सोध्यो– तपाईंहरूको देशमा यत्रो हिंसात्मक आन्दोलन भइरहेको छ । नेपालको राजसंस्थालाई कम्युनिस्टहरूबाट खतरा छैन ? यो प्रश्नमा उनले ‘हाम्रो देशको राजसंस्थालाई कम्युनिस्टबाट कुनै खतरा छैन’ भनेर जवाफ दिए । त्यसबेला लोकेन्द्रबहादुर प्रधानमन्त्री र बामदेव गृहमन्त्री थिए । मैले उनको भनाइलाई लिएर राजा वीरेन्द्रको भाइ, ज्ञानेन्द्र शाहले यसो भने भनेर प्रश्न संसदमा उठाएँ । यहाँ काँग्रेसका मान्छे दिनदिनै काटिएका काटिएयै छन् । सरकार नियन्त्रण गर्ने कुरा गर्दैन । राजादेखि तपाईंहरू सबै मिलेर काँग्रेसको विपक्षमा लाग्नुभयो भनेर हामीले किन प्रश्न नगर्ने भनेर बोलेँ । डा. बाबुराम भटट्राईले राजा वीरेन्द्रसँग कार्यगत एकता छ भनेर भन्नुभन्दा अगाडिको कुरा हो यो । त्यसमा पनि ज्ञानेन्द्रको ममाथि असन्तुष्टि हुनसक्छ । अर्को प्रहरी प्रमुख बनाउने कुरा छ । 

प्रहरी प्रमुख भन्नाले ?
जो (अच्युतकृष्ण खरेल) लाई आईजीपी बनाउन दरबार तयार थिएन । खुमबहादुरजी गृहमन्त्री हुनुहुन्थ्यो । त्यसबेला खरेललाई आईजीपी नबनाउन गणेशमान सिंहकोमा धेरै मानिसहरू आएका थिए । २ नम्बरको धु्रवबहादुर प्रधानलाई बनाउनुपर्छ भन्ने त्यसबेला दरबारको चाहाना बुझिन्थ्यो । तर हामीले १ नम्बरको खरेललाई नै  बनाउनुपर्छ । एक नम्बरकोलाई बनाउँदा दुई नम्बरकाले जागिर छोड्नुपर्दैन भनेर त्यही अडान राख्यौं र अच्युतलाई नै बनायौ । त्यसपछि सरकार फेरियो, बामदेव गृहमन्त्री भए । अनि खरेल आईजीपी भएको ३६ दिनपछि नै खरेललाई हटाएर धु्रवबहादुर आईजीपी बनाइयो । 
पछि ५५ सालमा गिरिजाप्रसाद प्रधानमन्त्री भएपछि अच्युतलाई हटाउने र ध्रुबहादुरलाई बनाउने शर्त बामदेवसँग गरेका रहेछन् । त्यसका लागि धेरै मिटिङहरू भए । बामदेव मलगायत केही साथीहरू एउटा मिटिङमा थियौँ । मैले पुलिस हटाउने र राख्ने खेल नखेलौँ भने । तर बामदेवले त्यसबेला मलाई यसमा हामी मात्रै छैनौँ । अरू धेरै जोडिएका छन् । तपाईंले धेरै कुरा बिगार्नुभयो, पछि  यसको फल पाउनुहुन्छ भने । यसले मलाई लाग्यो दरबारदेखि अरू धेरै मेराविरुद्ध योजनाबद्ध ढङ्गले लागेका छन् । 

तपाईंको बुझाइमा भ्रष्टचार भनेको चाहिँ के हो ? 
भ्रष्टाचारको परिभाषा धेरै होलान् तर तपाईंको प्रश्नको सन्दर्भमा आर्थिक अनुचित र आर्थिक अनियमितता नै भ्रष्टाचार हो । तर मेरो हकमा अख्तियारले तैले यो यो गरिस् र तँलाई मुद्दा लाग्दैछ भनिदिएको भए मैले ए हो रहेछ भन्नसक्थेँ तर तलाईं लगाउनैपर्ने बाध्यता छ भनेपछि केही षड्यन्त्र छ भन्ने मेरो बुझाइ हो ।  

तर तपाईंमाथि अख्तियार मात्रै नभएर सर्वोच्च अदालतले पनि तपाईंलाई भ्रष्टाचारी प्रमाणित नै गर्यो नि ? 
म भन्दैछु,  क्याप्टेन भीमबहादुर र यज्ञबहादुरलाई फाँसी दिँदा म जेलमा थिएँ । त्यसबारे मैले कविता पनि लेखेको छु । दुर्गानन्द झालाई पनि फाँसी दिएका थिए । फाँसी दिएको पात्र दुर्गानन्द झा अवतरित भएर आएको देखाएर भनेको थिएँ–किन तिमीहरू न्याय माग्न अदालत गएको ? मैले त न्याय माग्न अदालत गएर गल्ती गरेको थिएँ, न्याय पाइनँ । यो अदालतको त प्राणप्रतिष्ठा नै भएको छैन । न कानुनमा लेखेको छ प्राण प्रतिष्ठाको कुरा न मठमन्दिरमा भनेर मैले कविता लेखेको थिए । अवस्था अदालतको अहिले पनि त्यही हो । अख्तियारले जस्तो मुद्दा लागायो, त्यही फैसला विशेष र सर्वोच्चले गर्यो । यो राजनीतिक केसमा  न्याय दियो भने मिडियादेखि सारा मानिसले हाहाहीही गर्ने, बरु अन्याय नै गर्यो भने वाहवाह पाइन्छ भनेर गर्दारहेछन् । 

सम्मानित अदालतमाथि त्यसरी प्रश्न गर्न मिल्छ र भन्या ?
यथार्थ कुरा गर्न मलाई केको डर ?

त्यसोभए भ्रष्टाचारको उद्गमविन्दु के हो जस्तो लाग्छ त ?
हाम्रो मुलुकमा नीतिगत रूपमा भ्रष्टाचार हुने गरेको छ ।  नीतिगत भनेको नियम कानुन बनाएर मिलेर खाने । जस्तो पछिल्लो उदाहरण हो नेपाल वायुसेवा निगमको वाइडबडी खरिद प्रकरण । यो यो राजनीतिक मानिसको आडमा नीतिगत भ्रष्टाचार हो ।

वाइडबडीकोे कुरा गर्दा यसअघि लाउडा, धमिजा र चेज एयर काण्डहरू पनि भएका थिए नि ? 
भएका थिए, यी सबै नीतिगत भ्रष्टाचार हुन् । तर जुन कुरा गर्नुपर्ने हो, त्यसलाई नीतिमै हालेर गरिनेलाई नीतिगत भ्रष्टाचार भनिन्छ । नीति बनाउने मन्त्रिपरिषद्ले हो । मन्त्रिपरिषद्ले त्यो खालको नीति बनाउने र त्यही अनुसार काम गर्दा त राजनीतिक रूपमा फाइदा हुनेगरी बनाइन्छ । ब्युरोक्रेसीले कतिपय ठाउँमा मन्त्री र प्रधानमन्त्रीसँग पनि मिलेर भए होलान् । सुन तस्करीकै कुरा गर्नुस् । अहिले पनि दैनिक सुन तस्करी भइरहेको छ । यसमा कहीँ न कहीँ राजनीतिक र प्रशासनिक संरक्षण नभई सम्भव नै छैन । उदाहरणकै लागि भ्रष्टाचारमा राजनीतिक संरक्षणको कुरा गर्दा राजा ज्ञानेन्द्रले जब आफ्नो हातमा सत्ता लिए र सत्ता लिएको औचित्य पुष्टि गर्न मुद्दा लगाउन प्रारम्भ गरे । त्यसमा पहिला हामी निशाना बन्यौँ । हामी सरकारमा भएकाले पहिला हामी परेका हौँ । राजा लामो समय रहेको भए अरू धेरैले हाम्रो जस्तै नियति भोग्नुपर्ने अवस्था आउँथ्यो । उनले धेरैलाई जाक्ने उद्देश्यले नै अख्तियारले ढिलो गर्यो भनेर अर्को आयोग पनि बनाएका थिए । त्यो पछि सर्वोच्चले नै खारेज गरिदियो । त्यसैले म भन्छु ज्ञानेन्द्रले गरेका अरू सबै काम बेठीक,  मुद्दा लगाएको चाहिँ ठीक हुन्छ ? भीमसेन थापालाई राजाले मारेकै हो । माथवरसिंहलाई पनि हो । दामोदर पाण्डे र वंशराज पाण्डेलाई पनि राजाले नै मारे । वंशराज पाण्डेले १२ वटा युद्ध जितेको छ । चाइनासँग युद्ध जितेर वेत्रावती सन्धि गराएको दामोदर पाण्डेले हैन ? तर यी सबै मानिस राजाका कारणले मारिए ।

तपाईंले नेपालमा देखेको र भोगेको भ्रष्टाचार चाहिँ कस्तो हो ?
मलाई मुद्दा लगाइयो, मेरो छोराले गरेको व्यापारलाई लिएर । कुनै पनि व्यापारीले त पूरै कर त तिरेको हँुदैन । 

नेपालमा भ्रष्टाचार हुने चुरो र जरो केबाट सुरु हुन्छ भन्ने लाग्छ ? 
एउटा त प्रवृत्ति पनि हो । ठूलो घर बनाउने, धेरै श्रीमती, गाडी खेत जोड्ने मान्छेको नियत होला । कोही ठीक त्यसको विपरीत पनि छन् । तर कतिपयले गरिबीका कारण भ्रष्टाचार भयो भन्छन्, म त्यसमा सहमत छैन । किन छैन भने गरिब भ्रष्टाचार गर्ने स्थानमा पुग्दैपुग्दैन । जो भ्रष्टाचार गर्ने ठाउँमा पुगेका छन्, ती गरिब र खान नपाउने छैनन् । यो प्रवृत्तिगत कुरा हो । मागेर खाने मान्छेले कसरी भ्रष्टाचार गर्छ ? यो कुनै हालतमा सम्भव छैन । जहिले पनि भ्रष्टाचार त उच्च पदस्थ व्यक्तिले मात्रै गर्ने हो ।

तपाईंको विचारमा यसरी हुने भ्रष्टाचार नियन्त्रणमा हुने कानुनी प्रयासहरू ठीक छन् ? 
हुन त हामीले कानुनहरू बनाएका छौँ । त्यो कानुन पनि प्रायोजित रूपमै आएको हो । यो कानुन गृहमा थियो, खुमबहादुरजी गृहमन्त्री बाहिर जानुभएको थियो । शेरबहादुरजीले भन्नुभयो, यो कानुन पास गर्नुछ, तपाईंले गर्नुपर्यो भन्नुभयो । मैले यसबारे मलाई थाहा नै छैन भने । यदि पास गर्ने हो भने राधेश्याम अधिकारी माथिल्लो सदनको सदस्य हुनुहुन्थ्यो । माथिल्लो सदनमा भए पनि उहाँ कानुनको जानकार भएकाले थाहा हुन्छ लिएर जान्छु भनेर लगेँ । अब उहाँले र सुवास नेम्वाङले परिमार्जन पनि गरे । तर एउटा दुइटा प्रमाण जसले अभियोग लगायो त्यसैले प्रमाण देखाउनुपर्ने । यसमा राधेश्यामजीले  दुनियाँमा यो कहीँ हुँदैन र राजनीतक रूपमा निर्णय गर्ने हो भने मलाई केही भन्नुछैन तर कानुनी रूपमा यो कुनै हालतमा हुँदैन भने । अनि सबैले रामचन्द्र पौडेलदेखि माधव नेपालसम्मले राजनीतिक रूपमै निर्णय गर्ने भने अनि मैले पनि मान्न बाध्य भएँ । अहिले त्यही आफ्नै खिलाफमा प्रयोग भयो । त्यसकारण कानुन छ, अधिकार छ तर यथार्थ बाहिर आउँदैन । यसको नेक्सस कहीँ न कहीँ माथिल्लो तहका मान्छेहरू चाहे राजनीतिक हुन् चाहे प्रशासनिक, सबैसँग जोडिएको हुन्छ ।

तपाईंको निजी विचारमा भ्रष्टाचार निर्मूल नै गर्न के गर्नुपर्ला त ?
छोटकरीमा भन्नुपर्दा मान्छेको हृदय परिवर्तन अनिवार्य छ । जबसम्म सोच परिवर्तन हुँदैन, तबसम्म भ्रष्टाचार निर्मूल हुँदैन । त्यसका लागि शिक्षादीक्षा नै त्यस किसिमको विकास गर्न जरुरी छ । अहिलेको कारवाही प्रक्रियाले केही हदसम्म त्यसलाई नियन्त्रण मात्रै गर्छ । राज्यले लामो प्रयत्न गरे भ्रष्टाचारलाई निर्मूल पार्न असम्भव पनि छैन ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप