बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल इन्जिनियर्स एसोसियनको प्रदेश ३ उपाध्यक्षमा भट्टको उम्मेदवारी

आइतबार, २३ मङ्सिर २०७५, १० : ५८
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौं — इन्जिनियरको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियन (नेइए) केन्द्रीय कार्यकारीणी र प्रदेश कार्यकारिणी समितिको मंसिर २८ गते हुने निर्वाचनको सरगर्मी बढ्दो छ । 

यसैक्रममा नेपाल प्रगतिशील इन्जिनियर एशोसिएसनका तर्फबाट प्रदेश ३ उपाध्यक्षमा डिल्लीराम भट्टले उम्मेद्वारी दिएका छन् । 

उनले आम इन्जिनियरको हकहितको संरक्षण, पेशागत क्षमतामा अभिवृद्धि, रोजगार प्रवर्द्र्धन, गुणस्तरीय इन्जिनियरिङ शिक्षा र नीतिगत सुधारमा आफ्नो  पहिलो प्राथमिकता रहेको बताए ।

अहिलेसम्म भएका ३१ वटा कार्यकारिणी समितिमध्ये २९ वटा कार्यकारिणी समितिको नेतृत्व लोकतान्त्रिक समितिले गरेको र २ मात्र प्रगतिशील खेमाले गरेकाले इन्जिनियरिङ क्षेत्रमा सोचेअनुसार काम हुन नसकेको भट्टले आरोप लगाए ।

अब आफूहरुले केन्द्रका कार्यक्रमलाई प्रदेश कार्यकारिणी समितिबाट स्थानीय तहसम्म पुर्याउने काम गर्ने उनको भनाई छ । 

उनले भने, ‘प्रगतिशील इन्जिनियर एशोसिएसन स्थानीय तहमा रहेका विभिन्न कुराहरुलाई प्रविधिसँग जोडेर सरकारले थालेको ‘समृद्ध नेपाल सुखी नेपाल’ अभियान सफल पार्न लागि पर्छ ।’

नेइएको कार्यकारिणी निर्वाचन पहिलोपटक संघीय संरचनामा हुँदैछ । संघीय संरचना अनुसार नेइएको विधान संशोधन गरी कार्यान्वयनमा ल्याइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप