शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले सबै सदस्यलाई १८ प्रतिशत लाभांस दिने

आइतबार, २३ मङ्सिर २०७५, १० : ००
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई १८ प्रतिशत लाभांस दिने भएको छ । शनिबार आयोजित लालीगुराँसको १९ औं साधारणसभामा उक्त प्रस्ताव पारित भएको हो ।

उक्त कार्यक्रममा संघीय संसदका सभामुख कृष्णबहादुर महराले सहकारीको विकासमा सरकारले योगदान गर्नुपर्ने बताए । साथै उनले लालीगुराँसले अहिलेसम्म गरेको योगदान बारे पनि चर्चा गरे ।

साथै, संस्थाका सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले देशभर ३५ हजार बढी सहकारी दर्ता रहेको र २८ हजारबढी संस्था क्रियाशील रहेको बताए । उनले देशभर २८ वटा वाणिज्य बैंकहरुपछि सहकारीमार्फत नै दोस्रो ठूलो वित्तिय कारोबार हुने गरेको बताए ।

लालीगुराँसले दिएको जानकारी अनुसार यसको मुख्य लगानीमा ताल्छीलेखमा लालीगुराँस हस्पिटल, नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मावि कलेज, चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर रहेको छ ।

यस्तै, सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाइड्रोपावर लि. तथा अन्य क्षेत्रतर्फ जय लालीगुराँस इन्भेष्टमेन्ट ट्रेडिङ कम्पनी प्रालि सञ्चालन भइरहेको संस्थाले बताएको छ । निकट भविष्यमा डेरी संचालन गर्नेबारे पनि योजना बनिरहेको जानकारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप