शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

बुधबार, ११ साउन २०७४, ०८ : २६
बुधबार, ११ साउन २०७४

साझा कि ब्यक्तिगत ? 

नेपाली भाषासहितयको श्रीबृद्धिका लागि खुलेको पुरानो संस्था साझा प्रकाशन यतिबेला ब्यक्तिगत स्वार्थको दलदलमा फसेको छ । 

कुनै बेला साझा प्रकाशनले पुस्तक छाप्नासाथ यकसा लेखकलार्य जुन तहको गौरवबोध हुन्थ्यो त्यो अब बाँकी रहेन ।

पाठकलाई पनि यसका प्रकाशनप्रति लोभलाग्दा  आकार्षण हुने गरे पनि अहिले त्यो छैन ।

यसको साहित्यिक प्रकाशन गरिमा नेपाली भाषासाहित्यमा रुचि राख्नेका निम्ति एउटा अपरिहार्य अध्ययन सामग्रीको रुपमा रहे पनि अब त्यसको प्रतिक्षा हुन छाडीसकेको छ । 

साझा प्रकाशन परिसरलाई निजी सम्पत्तिझै ठानेर संवाददातालाई प्रवेश नदिने प्रेस स्वतन्त्रताविरोधी अध्यष तथा महाप्रवन्धक शर्मामाथि कारबाहीसमेत हुनुपर्छ ।, यो विषयमा आजको नागरिक दैनिकमा सम्पादकीय छ । 


अनशन शृंखला अन्त्य गराउ :

त्रिवि शिक्षण अस्पताल वरिष्ठ हाडजोर्नि रोग विशेषज्ञ डा. गोविन्द केसीले  चिकित्सा शिक्षासम्बन्धी  लगभग उस्तै विषयलाई लिएर आमरण अनशन बस्ने शृंखला पाा बर्षदेखि जारी छ । 

अनशन बस्ने, केही दिनमा जनदबादले सम्झौता हुने र कार्यान्वयन नहुने अनि फेरि अनशन सुरु हुने चक्र निरन्तर चलिरहेको छ । 

डा. केसीले चिकित्सा शिक्षा र स्वाास्त्य सेवा सुधारका माग राखेर सोमबार फेर एघारौँ अनशन थालेका छन्, यो विषयमा आजको कान्तिपुरमा सम्पादकीय छ । 

सरकारको लापरबाही :

नागढुंगा हुँदै राजधानी प्रवेश गर्ने सडक उपत्यकाको लाईफलाईन नै हो ।, तर यो लाईपलाईन अहिले करिब मृतप्राय : छ ।
 
अत्यन्त ढिलासुस्ती र लापरबाहीपुर्वक सडक विस्तारको काम हुनुले यो सडककको अवस्था दननिय भएको छ ।

सहरी विकास मन्त्री प्रभु साहसतिको टोलीले  सोमबार यो सडक खढडको स्थलगत अनुगमन गर्दा १३ सय ठाउँमाा अवरोध हुनुले सरकारको विकास निमार्ण गर्ने कार्यशैली माथि प्रश्न उठेको छ ।, यो विषयमा आजको अन्नपुर्ण पोष्टमा सम्पादकीय छ । 

खाल्टाको सप्ताह पुराण :

धेरै लेखिएका, बोलिएक र विरोध गरिएका तर निरन्तर राज्यको तिरस्कार परेका अनेक विषय पनि मौसमी हुन्छन् । 

सुचना र विश्लेषणका अनेक उपायद्धारा जनतालाई सचेत बनाउने र र कतिपय सन्दर्भमा राजइका कार्यसुचिलाई प्रभावित गर्ने मानिएका सञ्चार माध्यममा स्थान पाउने केही बिषय हुन्छन् ।

जुन सप्ताह पुराणजस्तो पर्वाग हुँदै पुष्पाञ्जली अर्पणसहित सकिन्छन् । 

खाल्टााखुल्टी टालेर जनताको आँमा छारो हाल्न प्रयास गरिएको भए पनि त्यो एक महिनाको लागि  मात्र हुने खालको टालो बनेको छ ।, यो विषयमा आजको नयाँ पत्रिकामा सम्पादकीय छ । 

सडकको बेथिती हटाउ :

राजधानी काठमाडौंका अधिकांश सडक अस्तब्यस्त छन् । 

सडक सवारी र पैदल मैत्री छैनन् ।

धेरैजसो सडकको दायाँ बायाँ पैदल यात्रीका लागि चाहिने फुटपात समेत छैनन् । 

सडकमा सवारीसाधनको जाम अत्यधिक छ । 

सडक विस्तारको नामा भत्काईएका सडकहरु निर्माण कार्यमा देखिएको ढिलाइले सडकमा सहजरुपमा आवतजावत गर्नसमेत कठिनाई भएको छ । 

सवारीसाधनको चाप धेरै अनि सडकको क्षमता नहुँदा काठमााडेंमा दिनहुँ जाम हुने क्रम बढ्दो छ ।

सरकारले काम गर्दा झार टार्ने मात्र भन्दा पनि जनताको दैनिकीसंग जोडिएको सडक निर्माणका कामलाई प्राथमिकतामा राखेर तीब्र गतिमा काम गर्नुपर्छ ।, यो विषयमा आजको नेपाल समाचारपत्रमा सम्पादकीय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप