बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपाधि दौड बलियो बनाउँदै डर्टमन्ड

आइतबार, २३ मङ्सिर २०७५, ०९ : १९
आइतबार, २३ मङ्सिर २०७५

जर्मन बुन्डेसलिगाको उपाधि दौडमा देखिएको बोरुसिया डर्टमन्डले लिगमा अपराजित यात्रा कायमै राखेको छ । लिग शनिबार राति भएको खेलमा शीर्ष स्थानमा रहेको डर्टमन्डले साल्केलाई २–१ गोलले हरायो ।

साल्केको घरेलु मैदानमा भएको खेलमा डर्टमन्डलाई जिताउन थोमस डिलाने सातौं र जाडोन सान्चोले ७४औं मिनेटमा गोल गरेका थिए । साल्केले ५७ औं मिनेटमा पेनाल्टीमार्फत एक गोल गरेको थियो ।

साल्केका डानियल कालीगिउरले पेनाल्टीको सदुपयोग गरेका थिए । जितसँगै डर्टमन्ड १४ खेलबाट ३६ अंक जोड्दै शीर्ष स्थनमा छ । डर्टमन्ड दोस्रो स्थानमा रहेको साविक विजेता बायर्न म्युनिखको भन्दा नौ अंकले अगाडी छ । १४ अंक बनाएको साल्के १३औं स्थानमा छ ।

शनिबार भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको बायर्न म्युनिखले नुर्नबर्गलाई ३–० गोलले पराजित गरेको थियो । घरेलु मैदानमा बायर्नलाई सजिलो जित दिलाउन रोवर्ट लेवान्डोस्कीले नवौं र २७औं मिनेटमा दुई तथा फ्रान्क रिवेरीले ५६औं मिनेटमा एक गोल गरे । जितपछि बायर्नले २७ अंक बनाएको छ । ११ अंक बनाएको नुर्नबर्गले रेलिगेसनलाइन छल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप