शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टोट्टनहाम र आर्सनलको जितको लय कायमै

आइतबार, २३ मङ्सिर २०७५, ०८ : ५१
आइतबार, २३ मङ्सिर २०७५

एजेन्सी – टोट्टनहाम र आर्सनलले इङ्लिस प्रिमियर लिगमा जितको लय कायमै राखेका छन् । 

पछिल्ला खेलमा सुधारिएको नतिजा निकालेको टोट्टनहामले शनिबार राती भएको खेलमा लेस्टर सिटीलाई २–० गोलले हरायो । आर्सनलले हडर्सफिफल्ड टाउनमाथि १–० गोलको कठिन जित हात पार्यो । 

लेस्टरको मैदानमा भएको खेलमा टोट्टनहामका लागि सन ह्युङ मिनले पहिलो हाफको इन्जुरी समयमा खाता खोले । 

५८औं मिनेटमा डेल अलीले सन ह्युङ मिन सनकै पासमा उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । लेस्टरले लगातार गोल गर्ने मौका पाएपनि सफल हुन सकेन । जितसँगै ३६ अंक बनाएको टोट्टनहाम तालिकाको तेस्रो स्थानमा छ । २२ अंक जोडेको लेस्टर नवौं स्थानमा छ । 

यसैगरी घरेलु मैदानमा जित हातपार्न आर्सनललाई निकै कठिन परेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा लुकास टोरेराले ८३औं मिनेटमा गोलगर्दै आर्सनलको जित पक्का बनाएका थिए । 

आर्सनलमाथि हडर्सफिफल्डले आक्रणम बुनेपनि गोल फर्काउन सकेन । जितसँगै ३४ अंक बनाएको आर्सनल पाचौं स्थानमा छ  ।

 १० अंक बनाएको १८औं हडर्सफिफल्डले अझै रेलिगेसन लाइन छल्न सकेको छैन । प्रिमियर लिगकै अन्य खेलमा म्यानचेस्टर युनाईटेडले फुलहामलाई ४–१, वेस्टहामले क्रिस्टल प्यालेसलाई ३–२, कार्डिफ सिटीले साउथह्यामटोनलाई १–० गोल र बर्नलीले ब्राइटनलाई १–० गोलले हरायो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप