बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीको अपराजित यात्रामा चेल्सीको पूर्णविराम

आइतबार, २३ मङ्सिर २०७५, ०८ : ३६
आइतबार, २३ मङ्सिर २०७५

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्ट सिटीको अपराजित यात्रालाई चेल्सीले पूर्णविराम लगाईदिएको छ ।

लिगअन्तर्गत शनिबार राती भएको खेलमा साविक विजेता सिटीलाई चेल्सीले हार चखाएको हो । घरेलु मैदानमा चेल्सीले सिटीलाई २–० गोलले हरायो ।

यसअघि १५औं खेलसम्म अपराजित रहेको सिटी १६औं खेलमा आएर चेल्सीसँग हार खेप्न बाध्य बन्यो । जसमा सिटीका दुई बराबरी सामेल थिए । घरेलु मैदानमा चेल्सीलाई जिताउन एनगोलो कान्ते र डेभिड लुइजल गोल गरेका थिए ।

पहिलो र दोस्रो हाफका एक एक गोल गरेको चेल्सीका लागि ४५औं मिनेटमा कान्तेले खाता खोले । दोस्रो गोल ७८औं मिनेटमा लुइजले थपेका थिए । सिटीले गोलगर्ने प्रयासमा चेल्सीको रक्षक बाधक बनेका थिए । चेल्सीले पनि थप गोल गर्ने अवसर गुमाएको थियो ।

जितसँगै चेल्सी १६ खेलबाट ३४ अंक बनाएको चेल्सी चौथो स्थानमा छ । यसअघि ४१ अंक बनाएको सिटी दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ४२ अंक छ । शनिबार बेलुका बर्नमाउथलाई ४–० गोलले हरायो लिभरपुल शीर्ष स्थानमा उक्लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप