शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षअघि चीफ अफ स्टाफ जोन केलीले पद छोड्ने छन्ः ट्रम्प

आइतबार, २३ मङ्सिर २०७५, ०७ : ५८
आइतबार, २३ मङ्सिर २०७५

बीबीसी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसका चीफ अफ स्टाफ जोन केलीले यसवर्षको अन्त्यसम्म आफ्नो पद छोड्ने पत्रकारलाई जानकारी दिएका छन् ।

हालै, जोन केलीमाथि पदबाट राजीनामा दिन दबाब दिइरहेको खबर सार्वजनिक भएको थियो ।

थुप्रै मिडिया रिपोर्ट अनुसार केली र राष्ट्रपति ट्रम्पबीचको सम्बन्ध खराब भएको छ र दुबैबीच पानी बाराबारको स्थिती छ ।

ट्रम्पले भनेका छन्, ‘अबको दुई तीन दिनमा यो पदका लागि नयाँ नाम घोषणा गरिने सम्भावना छ ।’

थल सेना र जल सेनाको समूहबीच हुने एक फुटबल खेल हेर्न  फिलाडेल्फिया जानुअघि ट्रम्पले मिडियासँगको कुराकानीमा यसबारे घोषणा गरेका हुन् ।

ह्वाइट हाउस चिफ अफ स्टाफ नियुक्त हुनुअघि जोन केली होमल्याण्ड सिक्योरिटी विभागका प्रमुख थिए ।

गत वर्ष ट्रम्पले उनलाई होमल्याण्ड सिक्योरिटी विभागको प्रमुखको पदका चयन गरेका थिए तर पछि रिन्स प्रिबसको ठाउँमा उनलाई चिफ अफ स्टाफ बनाइएको थियो ।

बीबीसीका उत्तर अमेरिकी संवाददाता एन्टनी जर्करका अनुसार सरसर्ती हेर्ने हो भने जोन केली अघि ट्रम्प प्रशासनमा तीन चीफ अफ स्टाफ र तीन राष्ट्रिय सुरक्षा सल्लाहकार परिवर्तन गरिसकिएको छ ।

ट्रम्प सन् २०१७ को जनवरी २० तारिखमा सत्तामा आएका थिए र त्यतिबेला देखि नै प्रशासनका अधिकारी परिवर्तन भइरहनु चर्चाको विषय बनेको छ ।

यसअघि रिन्स प्रिबस चीफ अफ स्टाफको पदमा र रिक डियरबर्न र केटी वाल्स डेप्युटी चीफ अफ स्टाफ पदका लागि काम गरिसकेका छन् ।

एचआर म्याकमास्टर माइक फ्लिन राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट र डिना पोवेलले  उप राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट राजिनामा दिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप