बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

के आपत् आइलाग्यो र उहाँहरू बाहिरिनु भयो, बुझ्नै सकेनौंः  विष्णु पौडेल

आइतबार, २३ मङ्सिर २०७५, ०७ : ३३
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौँ – सचिवालय बैठक शनिवार ३ बजे बालुवाटारमा डाकिएको थियो । म ३ बजे नै बैठककक्षमा पुगेको थिएँ, त्यतिवेला माधव नेपाल आइसक्नुभएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

उहाँलाई अध्यक्षद्वय अर्को कोठामा परामर्शमा हुनुहुन्छ, सुरु हुने वेला आइपुग्नुहुन्छ भन्ने जानकारी गराएर म काममा अर्को कक्षतिर लागेँ ।

त्यसबीचमा अरू कमरेडहरू पनि आइपुग्नुभो । उहाँहरू सवा ३ बजेसम्म बस्नुभो र बाहिरिनुभो । उहाँहरू किन बाहिरिनुभो अचम्मित भएका छौँ । एक्कासि असिना बर्सेजस्तो, ठूलै आपत् परेजस्तो गरेर किन बाहिरिनुपर्‍यो ? कारण बुझ्न सकिएको छैन ।

खासमा अध्यक्षद्वय बैठककक्षमा आउँदै गर्दा उदयपुर जिल्लाबाट ०६४ मा प्रत्यक्ष निर्वाचित सांसद मणि खम्बू भेट्न आउनुभएको थियो । 

लामो समय जनयुद्ध र जनआन्दोलनमा योगदान गर्नुभएको उहाँ क्यान्सरपीडित एकल महिलासमेत हुनुहुन्छ । प्रधानमन्त्री र अध्यक्षले उहाँसँग स्वास्थ्य स्थितिबारे जानकारी लिएर सरकार र पार्टीले गर्न सक्ने सहयोगबारे कुराकानी गर्दा १५ मिनेट ढिलो भएको सत्य हो । तर, बैठककक्षमा आउँदै गर्दा उहाँहरू बाहिरिसक्नुभएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप